udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

खानेतेलको गुणस्तरमा कडाइ हुँदै

खानेतेलको गुणस्तरमा कडाइ हुँदै
A A+ A-

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले खानेतेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप व्यवस्थित तथा सुरक्षित बनाउने तयारी गरेको छ। विभागले तोरी, सोयाबिन र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मसौदा तयार गरेको हो।

तेलको गुणस्तरमा समस्या देखिन थालेपछि विभागले नयाँ मापदण्डको तयारी अघि बढाएको हो। प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै प्याकेजिङ, लेबलिङ, उत्पादन तथा बिक्रीमा प्रयोग हुने भाँडाको मापदण्ड र उपभोक्तालाई भ्रममा पार्न सक्ने प्रचारात्मक दाबीसम्बन्धी व्यवस्था समेटिएको छ।

मसौदामा तोरी र सूर्यमुखी तेललाई खानयोग्य र अखाद्य गरी स्पष्ट रूपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। सूर्यमुखी तेललाई प्रेसबाट निकालिएको र रासायनिक घोल प्रयोग गरी निकालिएको गरी दुई प्रकारमा विभाजन गरिएको छ।

दुवै प्रकारका तेलमा रिफाइन्ड र ग्रेड १ गरी दुई तह तोकिएको छ। सोल्भेन्ट एक्स्ट्र्याक्टेडतर्फको ग्रेड १ तेल प्रत्यक्ष खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने प्रस्ताव गरिएको छ। यस्तो तेल राखिएको भाँडामा ठूला अक्षरमा ‘खान नहुने’ भन्ने चेतावनी उल्लेख गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, सोयाबिन तेललाई रिफाइन्ड, डिगम्ड र ग्रेड १ गरी तीन तहमा वर्गीकरण गरिएको छ। प्रस्तावित मापदण्डअनुसार रिफाइन्ड तेललाई मात्र प्रत्यक्ष खानयोग्य मानिनेछ। डिगम्ड र ग्रेड १ तेललाई वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादनका लागि कच्चा पदार्थका रूपमा मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्ता तेल खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने र कन्टेनरमा ‘खानका लागि होइन’ भन्ने स्पष्ट चेतावनी राख्नुपर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावित मापदण्डमा ‘सुपर रिफाइन्ड’, ‘एक्स्ट्रा रिफाइन्ड’, ‘माइक्रो रिफाइन्ड’, ‘डबल रिफाइन्ड’, ‘अल्ट्रा रिफाइन्ड’, ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’ र ‘कोलेस्टेरोल फ्रेन्डली’ जस्ता शब्द प्रयोगमा समेत कडाइ गर्ने प्रस्ताव गरिएको छ। उत्पादनको वास्तविक गुणस्तरभन्दा बढी प्रचारमुखी वा उपभोक्तालाई भ्रममा पार्न सक्ने दाबीका रूपमा यस्ता शब्द प्रयोग गर्न नदिने व्यवस्था मसौदामा समेटिएको छ।

त्यस्तै, तोरीको तेलमा विभिन्न रासायनिक तत्वको अधिकतम सीमा पनि तोकिएको छ। प्रस्तावित मापदण्डअनुसार सिसा र आर्सेनिक अधिकतम शून्य दशमलव १ मिलिग्राम, क्याडमियम एक मिलिग्राम र पारो शून्य दशमलव २५ मिलिग्राम प्रतिकेजीभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ।

तोरीको तेलको पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट तोकिएको छ। यसले बजारमा बिक्री हुने तेलको गुणस्तर परीक्षणलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

नयाँ मापदण्ड लागू भएपछि बजारमा बिक्रीका लागि पठाइने प्रत्येक तेलको बट्टा वा प्याकेटमा नेपाली वा अंग्रेजी भाषामा स्पष्ट लेबल राख्नुपर्ने प्रस्ताव गरिएको छ। लेबलमा उत्पादनको नाम, तेलको प्रकार र ग्रेड, खुद तौल, उत्पादकको नाम तथा ठेगाना, दर्ता भएको ट्रेडमार्क, ब्याच वा लट नम्बर तथा उत्पादन भएको महिना र वर्ष अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विभागले तयार गरेको प्रस्तावित मापदण्ड कार्यान्वयनमा आएपछि बजारमा बिक्री हुने खानेतेलको गुणस्तर, वर्गीकरण, प्याकेजिङ तथा उपभोक्तालाई उपलब्ध गराइने जानकारीलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action