काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा पहिलो पटक १५० सीसी क्षमताको हाइपर स्पोर्ट स्कुटर ‘टिभिएस एनटर्क १५०’ सार्वजनिक गरेको छ। कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नयाँ स्कुटर नेपाली बजारमा ल्याएको हो।
१४९ दशमलव ७ सीसी रेस ट्युन्ड इन्जिन, स्टिल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइन र आधुनिक कनेक्टेड प्रविधिसहित सार्वजनिक गरिएको एनटर्क १५० लाई कम्पनीले उच्च प्रदर्शन, स्पोर्टी डिजाइन र प्रविधिको संयोजनका रूपमा प्रस्तुत गरेको छ।
नयाँ पुस्ताका राइडरलाई लक्षित गरेर ल्याइएको स्कुटरमा प्रदर्शनसँगै कनेक्टेड राइडिङ अनुभवलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। काठमाडौंको नक्सालमा आयोजित सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, सामग्री निर्माता, जगदम्बा मोटर्स तथा टिभिएस मोटरका प्रतिनिधि, डिलर र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
१४९.७ सीसी रेस ट्युन्ड इन्जिन
एनटर्क १५० मा १४९ दशमलव ७ सीसी क्षमताको एयर कुल्ड ओथ्रीसीटेक इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा अधिकतम १३ दशमलव २ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १४ दशमलव २ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।
स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ६ दशमलव ३ सेकेन्डमा हासिल गर्ने दाबी कम्पनीको छ। यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ।
यस प्रदर्शन क्षमताका कारण कम्पनीले एनटर्क १५० लाई आफ्नो सेग्मेन्टमा उच्च प्रदर्शन दिने स्कुटरका रूपमा बजारमा प्रस्तुत गरेको छ।
स्टिल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइन
एनटर्क १५० को बाहिरी डिजाइन स्टिल्थ एयरक्राफ्टबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। अगाडिको भागमा एरोहेड शैलीको डिजाइन र फरवार्ड बायस्ड स्ट्यान्स दिइएको छ, जसले स्कुटरलाई आक्रामक तथा स्पोर्टी स्वरूप प्रदान गर्छ।
स्कुटरमा मल्टिपोइन्ट प्रोजेक्टर हेडल्याम्प र स्पोर्टी सिग्नेचर ‘टी’ आकारको टेलल्याम्प राखिएको छ। एरोडाइनामिक विङलेट्स, जेटबाट प्रेरित भेन्ट्स तथा विशिष्ट डिजाइनको स्टबी मफ्लर पनि यसको डिजाइनका प्रमुख पक्ष हुन्।
मोटरसाइकलबाट प्रेरित नेकेड ह्यान्डलबार डिजाइनले राइडरलाई नियन्त्रण र कनेक्टेड राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
५० भन्दा बढी कनेक्टेड फिचर
एनटर्क १५० मा टिभिएसको स्मार्ट कनेक्ट प्रविधि समावेश गरिएको छ। कम्पनीका अनुसार स्कुटरमा ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन्।
यसमा टर्न बाइ टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा, कल तथा सन्देश अलर्ट र विभिन्न राइडिङ मोडलगायतका सुविधा रहेका छन्।
यी प्रविधिले स्कुटर प्रयोगलाई थप सहज बनाउने तथा राइडरलाई स्कुटरसँग डिजिटल रूपमा जोड्ने कम्पनीको भनाइ छ।
एबिएससँगै ट्रयाक्सन कन्ट्रोल
राइडर सुरक्षालाई ध्यानमा राख्दै एनटर्क १५० मा सिंगल च्यानल एबिएस राखिएको छ। कम्पनीले आफ्नो सेग्मेन्टमा पहिलो पटक ट्रयाक्सन कन्ट्रोल प्रविधि समावेश गरिएको जनाएको छ।
यसका अतिरिक्त हाजार्ड ल्याम्प र फलो मी हेडल्याम्प पनि उपलब्ध छन्। यी सुविधाले विशेषगरी कम दृश्यता तथा आपत्कालीन अवस्थामा राइडरको सुरक्षामा सहयोग गर्ने कम्पनीको दाबी छ।
स्कुटरमा टेलिस्कोपिक सस्पेन्सन तथा आवश्यकता अनुसार समायोजन गर्न मिल्ने ब्रेक लिभर उपलब्ध छन्। कम्पनीले पेटेन्ट गरेको ईजी सेन्टर स्ट्यान्ड र २२ लिटर क्षमताको अन्डर सिट स्टोरेज पनि राखिएको छ।
तीन रङमा बजारमा उपलब्ध
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले सन् २०१८ मा नेपालमा टिभिएस एनटर्क सार्वजनिक भएदेखि ब्रान्डले नेपाली बजारमा नयाँ पुस्ताको कनेक्टेड स्कुटरको पहिचान बनाउन सफल भएको बताए।
एनटर्क १५० मार्फत नेपालमा टिभिएससँगको सम्बन्धलाई थप मजबुत बनाउँदै ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको उनले बताए।
नयाँ टिभिएस एनटर्क १५० नेपालभर रहेका जगदम्बा मोटर्सका आधिकारिक डिलरमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।
स्कुटर स्टिल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध छ। एनटर्क १५० को प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।
