udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

वर्षाले तरकारी आपूर्ति प्रभावित, काठमाडौँमा भाउ बढ्यो

वर्षाले तरकारी आपूर्ति प्रभावित, काठमाडौँमा भाउ बढ्यो
A A+ A-

काठमाडौँ । लगातारको भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति घट्दा बजारमा अभाव देखिएको छ। आपूर्ति घटेसँगै तरकारीको मूल्यसमेत बढेको छ।

पृथ्वी राजमार्गलगायतका सडकमा पहिरो र बाढीका कारण यातायात प्रभावित हुँदा बाहिरी जिल्लाबाट उपत्यकामा आउने तरकारी बाटोमै रोकिएको हो।

कालीमाटी तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष दीपकप्रसाद पौडेलका अनुसार चितवन, मकवानपुर, धादिङ, काभ्रे, नुवाकोट तथा तराईका विभिन्न जिल्लाबाट आउने तरकारीको आपूर्ति पछिल्लो केही दिनदेखि प्रभावित भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. प्रद्युम्नराज पाण्डेका अनुसार सामान्य अवस्थामा दैनिक औसत नौ सय मेट्रिक टन तरकारी बजारमा भित्रिने गरेकोमा अहिले करिब पाँच सय मेट्रिक टन मात्रै भित्रिरहेको छ।

समितिका अनुसार असोज पाँच गते प्रतिकेजी ६५ रुपियाँ रहेको गोलभेँडाको थोक मूल्य असोज ११ गतेसम्म आइपुग्दा एक सय १० रुपियाँ पुगेको छ। आलुको मूल्य पनि प्रतिकेजी ४५ बाट बढेर ५२ रुपियाँ पुगेको छ।

सोह्रश्राद्ध सुरु भएसँगै तरकारीको माग बढेको समयमा आपूर्ति घट्दा उपभोक्तालाई थप समस्या भएको छ।

यसैबीच, उपत्यका आसपासका सुरक्षित स्थानमा उत्पादित तरकारी साना सवारीसाधन तथा सहकारीमार्फत बजारसम्म ल्याउने प्रयास भइरहेको समितिले जनाएको छ।

भाउ उच्च

असोज लागेसँगै उकालो लागेको तरकारीको मूल्य पछिल्लो वर्षाका कारण थप बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार असोज ५ गते प्रतिकेजी ६५ रुपियाँ थोक मूल्य रहेको गोलभेँडाको मूल्य असोज ११ गतेसम्म आइपुग्दा बढेर ११० रुपियाँ पुगेको छ।

यस्तै, आलुको थोक मूल्य प्रतिकेजी ४५ रुपियाँबाट बढेर ५२ रुपियाँ पुगेको छ। काउली, घिउसिमी, बन्दा, मुला, तनेबोडी, घिरौँला, लौका, सुकेको प्याज, तोरी र रायोको सागलगायतका तरकारीको मूल्य थोकमै प्रतिकेजी पाँचदेखि २५ रुपियाँसम्म बढेको समितिले जनाएको छ।

आपूर्ति ४० प्रतिशत घट्यो

समितिका अनुसार बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने तरकारीको परिमाण करिब ४० प्रतिशत घटेको छ। समितिका कार्यकारी निर्देशक डा. प्रद्युम्नराज पाण्डेले पछिल्लो लगातारको वर्षाका कारण तरकारीको आयात झन्डै आधा घटेको बताए।

सामान्य अवस्थामा काठमाडौँ उपत्यकाको बजारमा दैनिक औसत नौ सय मेट्रिक टन तरकारी भित्रिने गरेकोमा अहिले पाँच सय मेट्रिक टनको हाराहारीमा मात्रै आइरहेको उनले जानकारी दिए।

उपत्यकावासीको मागमध्ये करिब ८० प्रतिशत कालीमाटी बजारले धान्ने गरेको छ। बाँकी माग बल्खु, बालाजु, कोटेश्वर, बानेश्वर र जडीबुटीलगायतका बजारबाट आपूर्ति हुने गरेको छ। ती बजारमा पनि तरकारीको आपूर्ति सोही अनुपातमा घटेको छ।

लगातारको वर्षा र सडक अवरोधका कारण तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको व्यापारी बताउँछन्। अहिले स्थानीय उत्पादन सङ्कलन तथा ढुवानीलाई प्राथमिकता दिइएको छ। भक्तपुर, काभ्रे र ललितपुरका ग्रामीण क्षेत्रलगायत सुरक्षित स्थानमा उत्पादित तरकारी साना सवारीसाधन वा सहकारीमार्फत सङ्कलन गरी बजारसम्म ल्याउने प्रयास भइरहेको छ।

यस्तै, बजारमा आपूर्ति सहज बनाउन आलु, प्याजजस्ता भण्डारण गर्न मिल्ने वस्तु शीतभण्डारमा मौज्दात भए त्यसलाई आवश्यकताअनुसार बजारमा पठाउन सकिने देखिन्छ। यसबाट आपूर्ति व्यवस्थापनमा सहयोग पुग्नुका साथै मूल्यमा समेत केही सन्तुलन कायम गर्न सकिने अपेक्षा गरिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action