Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझा खेतमा फुल्यो सपना

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझा खेतमा फुल्यो सपना
A A+ A-

लमजुङ – बेँसीसहर नगरपालिका–१० बाँझा खेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ। केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लागेका हुन्।

तीन जनाले जनही तीन लाख रुपैयाँ लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएका थिए। उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताए। सुरुमा करिब एक रोपनीमा ६०० कागतीका बिरुवा लगाइएको थियो। बलौटे माटोका कारण कागतीबाट अपेक्षित आम्दानी हुन सकेन। २०७५/७६ सालतिर सामाजिक सञ्जालमार्फत ड्रागन फ्रुटखेतीबारे जानकारी पाएपछि त्यसतर्फ आकर्षित भएको उनले बताए।

२०७७ चैतमा दमौलीबाट बिरुवा ल्याएर ५० वटा पिलरबाट ड्रागन फ्रुटखेती सुरु गरियो। सुरुमा १५–१६ जना मिलेर खेती गर्ने योजना बनाइएको थियो। तर व्यवस्थापन तथा निर्णय प्रक्रियामा कठिनाइ हुने देखिएपछि अन्ततः तीन जनाले खेतीलाई निरन्तरता दिएका छन्।

ड्रागन फ्रुटसँगै उनीहरूले खुर्सानी र तरबुजा खेती गरेका छन्। करिब दुई रोपनीमा लगाइएको खुर्सानी पहिलो वर्ष १० क्विन्टल र दोस्रो वर्ष ४० क्विन्टल उत्पादन भएको थियो। मृगले बालीमा क्षति पुर्याउन थालेपछि खुर्सानी खेती बन्द गरिएको इन्द्रले बताए। पहिलो वर्ष करिब ४० क्विन्टल तरबुजा उत्पादन हुँदा दुई लाख ५० हजार आम्दानी भएको थियो। सुरुमा आठ रोपनीमा लगाइएको तरबुजा अहिले पाँच रोपनीमा सीमित गरिएको छ।

ड्रागन फ्रुटको उत्पादन भने हरेक वर्ष बढ्दै गएको छ। विसं २०८० मा करिब एक क्विन्टल, २०८१ मा दुई क्विन्टल र २०८२ मा पाँच क्विन्टल उत्पादन भएको थियो। यस वर्ष बिरुवा परिपक्व हुँदै गएकाले करिब १५ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको इन्द्रले बताए। उनका अनुसार हालसम्म करिब १२ लाख रुपैयाँ आम्दानी भएको छ। प्रतिकिलोग्राम ४५० का दरले ड्रागन फ्रुट बिक्री भइरहेको छ। कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा करिब १० हेक्टरमा ड्रागन फ्रुटखेती भएको अनुमान छ।

आधिकारिक तथ्याङ्क प्राप्त नभए पनि ड्रागन फ्रुटको व्यावसायिक उत्पादन र विस्तारका लागि थप अध्ययन आवश्यक रहेको उनले बताए। उनका अनुसार पानी नजम्ने बलौटे माटोमा ड्रागन फ्रुटखेती राम्रो हुनसक्छ। घरआँगन, टारी तथा प्रयोगविहीन जग्गामा समेत खेती गर्न सकिने भएकाले यसको सम्भावना रहेको उनले बताए। खेतीमा मल व्यवस्थापन भने चुनौतीका रूपमा रहेको इन्द्रले बताए। आफ्नै पशुपालनबाट पर्याप्त मल नपुग्ने भएकाले बेँसीसहर र चनौटदेखि ल्याउनुपर्ने बाध्यता छ।

सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन्। उत्पादन बढेपछि लमजुङबाहिरका बजारमा समेत बिक्री गर्ने योजना रहेको उनले बताए। हालसम्म उक्त खेतीका लागि ३० लाख लगानी भइसकेको छ। पिलर, बिरुवा, सिँचाइ, मल तथा बारी व्यवस्थापनमा लगानी बढ्दै गए पनि कृषि कर्जा सहज रूपमा उपलब्ध नहुँदा थप विस्तारमा समस्या भएको उनले बताए। हाल करिब ५०० पिलरमा ड्रागन फ्रुटखेती गरिएको छ।

आगामी दिनमा पिलरको सङ्ख्या एक हजार पुर्‍याउने र गुणस्तरीय उत्पादन गर्दै जिल्लाबाहिरका बजारमा पुर्‍याउने लक्ष्य रहेको इन्द्रले बताए।कागतीबाट सुरु भएको यात्रा ड्रागन फ्रुटसम्म आइपुग्दा बाँझा खेतमा तीन युवाले खेतीमा नयाँ प्रयोगमात्र गरेका छैनन्, सम्भावना खोज्दै कृषि व्यवसायमा लाग्ने युवाका लागि नयाँ बाटोसमेत देखाएका छन्।

2