Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

पर्यटन विकासमा सरकारको नयाँ जोड

पर्यटन विकासमा सरकारको नयाँ जोड
A A+ A-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँग निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन् ।

४७औँ विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पर्यटन क्षेत्रलाई एउटै मन्त्रालयको प्रयासबाट मात्र अघि बढाउन नसकिने बताए । पर्यटनसँग जोडिएका सरकारी निकायबीच प्रभावकारी समन्वयमा सरकारले जोड दिँदै आएको उनको भनाइ छ ।

मन्त्री पौडेलले बदलिँदो पर्यटन परिवेशअनुसार सरकारी संस्थाको संस्थागत क्षमता र सेवा प्रवाह सुदृढ बनाउनुपर्ने बताए । विद्यमान कानुन तथा नियमावलीमा देखिएका कमजोरी सुधारका लागि निजी क्षेत्रबाट प्राप्त सुझाव र प्रतिक्रियालाई सरकारले महत्त्वका साथ लिने पनि उनले उल्लेख गरे ।

उनले नेपालको मौलिक संस्कृति, परम्परा, जात्रा तथा पर्वलाई पर्यटनका महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताए । पुस्तौँदेखि चलिआएका सामुदायिक सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धनलाई पर्यटनसँग जोड्न सके ग्रामीण तथा सांस्कृतिक पर्यटन थप विस्तार गर्न सकिने उनको भनाइ छ ।

हिमालयलाई नेपालको मात्र नभई यस क्षेत्रकै महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा उल्लेख गर्दै मन्त्री पौडेलले हिमाली सम्पदाको संरक्षणसँगै दिगो पर्यटन उपयोगमा ध्यान दिनुपर्ने बताए । हिमालबाट उत्पन्न नदीले यस क्षेत्रका करोडौँ मानिसको जीवनयापनमा योगदान पुर्‍याइरहेको उनले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले भोटेकोसी बाढीबाट पर्यटन क्षेत्रले महत्वपूर्ण पाठ सिकेको बताए । बाढीका कारण लाङटाङ जाने नियमित पहुँचमार्ग तथा आवास सुविधामा क्षति पुगेकाले सुरक्षित पूर्वाधार, समयमै सूचना, वैकल्पिक पहुँचमार्ग र प्रभावकारी विपत् तयारीलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

पाटा फाउन्डेसनका अध्यक्ष एन्ड्र्यू जोन्सले भोटेकोसी बाढीपछि नेपालको पर्यटन पुनरुत्थानका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनमा कृत्रिम बौद्धिकता र डिजिटल माध्यमको भूमिका बढ्दै गएको उनले बताए ।

कार्यक्रममा पर्यटन क्षेत्रमा प्रविधिको प्रयोग, रोजगारी संरक्षण, नेपाल वायुसेवा निगमको सुदृढीकरण तथा पर्यटकलाई प्रमाणित र विश्वसनीय सूचना उपलब्ध गराउने विषयमा विभिन्न वक्ताले धारणा राखेका थिए ।

सोही अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले तीनवटा गाउँलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरेको थियो । ग्रामीण पर्यटन, स्थानीय संस्कृति र समुदायलाई पर्यटनको मूल प्रवाहसँग जोड्ने उद्देश्यले ती गाउँलाई गन्तव्य घोषणा गरिएको जनाइएको छ ।

2