Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही

उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
A A+ A-

काठमाडौँ। विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पञ्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले शर्तअनुरुपको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्कासन गरिएको जानकारी दिए।

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कूल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ। पञ्चकन्या एसएस एक्सपोर्टले उत्पादन गर्ने मेटलको ट्यांकी तोकिएबमोजिम निर्यात गर्न नसकेको जनाइएको छ।

विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई करमा सहुलियत उपलब्ध गराइएको छ। भैरहवामा यो क्षेत्र करिब ५२ बिघामा फैलिएको छ। एक हजार ४०० देखि तीन हजार ७०० वर्गमिटर सम्मको ६९ औद्योगिक जग्गाहरू यहाँ रहेका छन्।

दुई दशक अगाडि भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र देशको पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र हो। यहाँ स्थापना गरिएका उद्योग बिक्री गर्न नपाइने भएकाले उनीहरूले निर्माण गरेका उद्योग तथा कम्पनी भत्काएर लैजानुपर्ने हुन्छ।

उद्योग मन्त्रालयअन्तर्गत विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न क्षेत्रहरूमा विशेष आर्थिक क्षेत्रहरू स्थापनाका लागि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन सञ्चालन गर्न तथा देशभर विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्दै आएको छ।

व्यवसायीलाई कर प्रोत्साहन, भन्सार महसुल छुट र सुव्यवस्थित नियामक प्रक्रियालगायतका सेवा प्रदान गरेको छ।

विदेशी लगानी आकर्षित गर्न कर छुट, कम शुल्क, उत्पादन तथा सेवाका उद्योग स्थापना गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्न खोजिएको छ।

उक्त आर्थिक क्षेत्र भैरहवा र सिमरामा अहिले सञ्चालनमा छन्। पाँचखालमा पूर्वाधार विकास कार्यहरूको लागि थप अध्ययन तथा लगानीकर्ताको खोजी भइरहेको छ।

2