udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

लिट्मसले आयोजना गर्‍यो पावर पार्टनर्स मिट

लिट्मसले आयोजना गर्‍यो पावर पार्टनर्स मिट
A A+ A-

काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलो ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ ।

‘साथ, सम्बन्ध र विश्वास’ भन्ने नारासहित आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी), परामर्श र ऊर्जा पूर्वाधार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती र अवसरबारे छलफल गरिएको थियो । सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणका विषयमा धारणा आदानप्रदान गरेका थिए ।

कार्यक्रममा प्रसारण तथा वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र आधुनिक प्रविधिको भूमिकाबारे समेत छलफल भएको कम्पनीले जनाएको छ । ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा सहभागीले जोड दिएका थिए ।

सो अवसरमा लिट्मस इन्डस्ट्रिजले आफ्ना विभिन्न उत्पादन तथा समाधान प्रस्तुत गर्नुका साथै दुई नयाँ कन्डक्टर प्रविधि नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एचटीएलएस कन्डक्टर र एल–५९ कन्डक्टर बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार नयाँ कन्डक्टर प्रविधिले यसको उत्पादन पोर्टफोलियो विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा बढ्दै गएको आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्नेछ ।

लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न पक्षबीच बलियो साझेदारी आवश्यक रहेको बताए । भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा अन्य उद्योगबीच सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो ।

रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापना भएको लिट्मस इन्डस्ट्रिज तार, केबल तथा कन्डक्टर उत्पादनमा सक्रिय कम्पनी हो । कम्पनीले एल्युमिनियम तथा मिश्र धातुका रड उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीका उत्पादन विद्युत् प्रसारण, वितरण, पूर्वाधार, निर्माण तथा औद्योगिक क्षेत्रमा प्रयोग हुँदै आएका छन् । पाँच दशकभन्दा लामो उत्पादन अनुभव रहेको कम्पनीले नेपाली बजारसँगै क्षेत्रीय निर्यात बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ ।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action