Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

लिट्मसले आयोजना गर्‍यो पावर पार्टनर्स मिट

लिट्मसले आयोजना गर्‍यो पावर पार्टनर्स मिट
A A+ A-

काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलो ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ ।

‘साथ, सम्बन्ध र विश्वास’ भन्ने नारासहित आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी), परामर्श र ऊर्जा पूर्वाधार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती र अवसरबारे छलफल गरिएको थियो । सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणका विषयमा धारणा आदानप्रदान गरेका थिए ।

कार्यक्रममा प्रसारण तथा वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र आधुनिक प्रविधिको भूमिकाबारे समेत छलफल भएको कम्पनीले जनाएको छ । ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा सहभागीले जोड दिएका थिए ।

सो अवसरमा लिट्मस इन्डस्ट्रिजले आफ्ना विभिन्न उत्पादन तथा समाधान प्रस्तुत गर्नुका साथै दुई नयाँ कन्डक्टर प्रविधि नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एचटीएलएस कन्डक्टर र एल–५९ कन्डक्टर बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार नयाँ कन्डक्टर प्रविधिले यसको उत्पादन पोर्टफोलियो विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा बढ्दै गएको आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्नेछ ।

लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न पक्षबीच बलियो साझेदारी आवश्यक रहेको बताए । भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा अन्य उद्योगबीच सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो ।

रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापना भएको लिट्मस इन्डस्ट्रिज तार, केबल तथा कन्डक्टर उत्पादनमा सक्रिय कम्पनी हो । कम्पनीले एल्युमिनियम तथा मिश्र धातुका रड उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीका उत्पादन विद्युत् प्रसारण, वितरण, पूर्वाधार, निर्माण तथा औद्योगिक क्षेत्रमा प्रयोग हुँदै आएका छन् । पाँच दशकभन्दा लामो उत्पादन अनुभव रहेको कम्पनीले नेपाली बजारसँगै क्षेत्रीय निर्यात बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ ।

2