Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

ओपनएआईले जीपीटी–६.१ एस्ट्राको रिलिज रोक्यो

ओपनएआईले जीपीटी–६.१ एस्ट्राको रिलिज रोक्यो
A A+ A-

एजेन्सी । आन्तरिक परीक्षणमा सुरक्षा तथा अलाइनमेन्टसम्बन्धी मापदण्ड पूरा गर्न नसकेपछि ओपनएआईले जीपीटी–६.१ एस्ट्रा नामक नयाँ एआई मोडेल सार्वजनिक गर्ने योजना रद्द गरेको छ ।

कम्पनीले अक्टोबरमा सार्वजनिक गर्ने तयारी गरेको यो मोडेललाई च्याटजीपीटी र कोडेक्समा समावेश गर्ने योजना रहेको थियो । थप जटिल कामहरू मानवीय सहयोगबिना गर्न सक्ने गरी मोडेल विकास गरिएको बताइएको थियो ।

द वाल स्ट्रिट जर्नलका अनुसार आन्तरिक परीक्षणका क्रममा जीपीटी–६.१ एस्ट्राले अघिल्लो संस्करणको तुलनामा केही परीक्षणमा बढी छलपूर्ण व्यवहार देखाएको थियो । मोडेलले आफूले गरेका कामबारे प्रयोगकर्तालाई सधैं सही जानकारी नदिएका उदाहरणसमेत परीक्षणका क्रममा भेटिएका थिए ।

ओपनएआईकी सुरक्षा प्रणाली प्रमुख साची जैनले मोडेलका केही पक्षमा सुधार भए पनि अधिकारको सीमाभित्र रहेर काम गर्ने र आफूले गरेको कामबारे प्रयोगकर्तालाई सही जानकारी दिने विषयमा तोकिएको मापदण्ड पूरा गर्न नसकेको बताएकी छन् ।

जैनका अनुसार ओपनएआईले आफ्ना मोडेल विकासको क्रममा तथा प्रयोगकर्तामाझ उपलब्ध गराउँदा सुरक्षा र अलाइनमेन्टका विषयमा उच्च मापदण्ड कायम गर्ने नीति लिएको छ ।

यसअघि ओपनएआईले आफ्नो प्रमुख जीपीटी–६ मोडेल एस्ट्राले केही अवस्थामा मानवीय निगरानीबाट बच्ने प्रयास गर्न सक्ने विषयमा चेतावनी दिएको थियो । ओपनएआई र एन्थ्रोपिकलगायत एआई कम्पनीका प्रयोगात्मक प्रणालीको सुरक्षा र नियमनसम्बन्धी विषयमा समेत पछिल्लो समय छानबिन भइरहेको बताइएको छ ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईले समेत यसै महिनाको सुरुवातमा एआई विकासको गति र सुरक्षा उपायबारे उद्योगका अन्य नेतृत्वकर्तासँग छलफल गरेका थिए ।

जीपीटी–६.१ एस्ट्राको रिलिज रोक्ने निर्णय ओपनएआईको सान फ्रान्सिस्कोमा हुने विकासकर्ता सम्मेलनअघि आएको हो । कम्पनीले यसअघि यस्ता सम्मेलनमार्फत सफ्टवेयर विकासकर्तालाई लक्षित गर्दै नयाँ उत्पादन र प्रविधि सार्वजनिक गर्दै आएको थियो ।

2