udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

मौसम खुलेसँगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

मौसम खुलेसँगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
A A+ A-

काठमाडौं। मौसममा सुधार आएसँगै उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ। गत शुक्रबारदेखि आइतबारसम्मको निरन्तर वर्षाले केही दिन पर्यटक आवागमन प्रभावित भए पनि सोमबारदेखि मौसम खुलेसँगै पर्यटकको संख्यामा वृद्धि भएको हो।

चुमनुब्री गाउँपालिका-३ फिलिमकी होटल व्यवसायी कुमारी गुरुङका अनुसार बुधबारदेखि क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। उहाँले यस वर्ष निरन्तरको वर्षा तथा रसुवा क्षेत्रमा आएको बाढीका कारण अघिल्ला वर्षको तुलनामा पर्यटक आगमन घटेको बताउनुभयो। गत वर्ष सेप्टेम्बरमा मनास्लु क्षेत्रमा पर्यटकको चाप बढी हुने गरे पनि यस वर्ष अविरल वर्षाले केही दिन आवागमन ठप्पजस्तै भएको थियो।

मौसम खुलेसँगै स्थानीयवासी पदमार्ग मर्मतमा जुटेका छन्। चुमनुब्री-२ ल्होका छिरिङ धार्के लामाका अनुसार मनास्लु सर्किटको स्याला र ल्हो गाउँबीचको पदमार्ग, लिहिर-भर्जम खण्ड र नामरुङस्थित काठेपुल मर्मत गरिएको छ। वर्षाका कारण केही दिन पर्यटक प्रवेश अनुमति बन्द हुँदा त्यस अवधिमा आवागमन शून्य थियो।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का सूचना अधिकारी भुवन ओझाका अनुसार मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै असोज ८, ९ र १० गते प्रवेश अनुमति पत्र जारी गरिएको थिएन। मौसममा सुधार आएपछि आइतबारदेखि पुनः अनुमति पत्र जारी गर्न थालिएको छ। यद्यपि, उत्तरी गोरखाका केही स्थानमा सुख्खा पहिरो तथा ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले पदमार्ग पूर्ण रूपमा सहज भइनसकेको एमक्यापले जनाएको छ। कार्यालयले पदयात्री, व्यवसायी र सरोकारवालालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action