udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

फ्लाईदुबईको ककपिटमा झगडा गर्ने पाइलट रुसी र युक्रेनी

फ्लाईदुबईको ककपिटमा झगडा गर्ने पाइलट रुसी र युक्रेनी
A A+ A-

एजेन्सी । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको बोइङ ७३७ म्याक्स विमानका दुई पाइलटबीच ककपिटमै हिंसात्मक झडप भएको खुलेको छ। घटनापछि विमानले अपहरण संकेत दिने कोड प्रसारण गरेपछि इजरायलले सम्भावित सुरक्षा घटनाका रूपमा लिएर लडाकु विमान परिचालन गरेको थियो।

उडान नम्बर एफजेड१०७३ रहेको विमानमा करिब १७४ यात्रु सवार थिए। तीमध्ये २७ जना बालबालिका रहेको बताइएको छ। विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान करिब ७ः०५ बजे तेल अभिभका लागि उडेको थियो।

उडान सुरु भएको करिब ९० मिनेटपछि विमान जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। त्यसक्रममा विमानको ट्रान्सपोन्डरले सुरुमा ७७०० कोड देखाएको थियो। यो सामान्य आपतकालीन अवस्थाका लागि प्रयोग हुने संकेत हो। त्यसपछि केही समयका लागि ७५०० कोड सक्रिय भयो, जुन विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा अन्तर्राष्ट्रिय रूपमा प्रयोग गरिन्छ।

त्यसपछि घटनाले गम्भीर रूप लिएको थियो। उडान ट्र्याकिङ तथ्यांकअनुसार विमान तीव्र गतिमा तल झरेको थियो। केही रिपोर्टअनुसार करिब दुई मिनेटको अवधिमा विमान लगभग १७ हजार ४०० फिट तल झरेको थियो। त्यसपछि विमानले दिशा परिवर्तन गर्दै साउदी अरबको हवाई क्षेत्रतर्फ फर्किएको थियो।

केही समय विमानको चालक दलसँग सम्पर्कसमेत हुन सकेन। सार्वजनिक उडान ट्र्याकिङ प्रणालीबाट विमान हराएपछि इजरायली अधिकारीहरूले घटनालाई सम्भावित सुरक्षा खतराका रूपमा लिए। इजरायली सेनाले लडाकु विमान परिचालन गरेको थियो भने तत्कालीन अवस्थाबारे प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए। बेन गुरियन विमानस्थलबाट हुने केही उडानसमेत अस्थायी रूपमा रोकिएका थिए।

पछि विमान साउदी अरबको तबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराइएको थियो। विमानमा रहेका यात्रुहरू सुरक्षित रहेको बताइएको छ। फ्लाईदुबईले यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन अर्को विमान पठाउने जनाएको थियो। घटनापछि दुवै पाइलटलाई उडान जिम्मेवारीबाट हटाइएको थियो।

घटनाको प्रारम्भिक विवरणमा विमानभित्रको अवस्था अस्पष्ट रहेको बताइएको थियो। अपहरण संकेत सक्रिय भएपछि यात्रु वा चालक दलका अन्य सदस्यबाट समस्या उत्पन्न भएको हुनसक्ने आशंका गरिएको थियो। पछि अनुसन्धानका क्रममा समस्या ककपिटभित्रै दुई पाइलटबीच भएको झडपबाट उत्पन्न भएको विवरण सार्वजनिक भयो।

इजरायली सञ्चारमाध्यमहरूले फ्लाईदुबईलाई उद्धृत गर्दै आपतकालीन संकेत कुनै अपहरण वा यात्रु कक्षमा भएको आक्रमणका कारण नभई पाइलटहरूबीचको झगडाका कारण सक्रिय भएको जनाएका छन्। एयरलाइन्सले ककपिटभित्र हिंसात्मक झडप भएको पुष्टि गरे पनि घटनाको विस्तृत कारण सार्वजनिक गरेको छैन।

केही सञ्चारमाध्यमले झडपका क्रममा एक पाइलट बेहोस भएको तथा अर्का पाइलटले विमानलाई असामान्य रूपमा तल लैजान खोजेको दाबी गरेका छन्। यद्यपि यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्। विमान किन तीव्र गतिमा तल झरेको थियो र त्यसमा पाइलटहरूको झडपको कस्तो भूमिका थियो भन्ने विषय अनुसन्धानकै क्रममा छ।

घटनापछि सार्वजनिक भएका विवरणअनुसार झडपमा संलग्न दुई पाइलटमध्ये एक रुसी र अर्का युक्रेनी नागरिक रहेको बताइएको छ। इजरायली सञ्चारमाध्यमसहित रुसी, युक्रेनी तथा अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनीहरूको राष्ट्रियताबारे रिपोर्ट गरेका छन्।

फ्लाईदुबईले भने सार्वजनिक वक्तव्यमा दुवै पाइलटको नाम वा राष्ट्रियता औपचारिक रूपमा पुष्टि गरेको छैन। त्यसैले उनीहरूको राष्ट्रियतासम्बन्धी विवरणलाई हालसम्म सञ्चारमाध्यममा आएका रिपोर्टका रूपमा लिनुपर्ने अवस्था छ।

घटनाको अर्को संवेदनशील पक्ष विमानको सुरक्षा र पाइलटहरूको व्यवहारसँग जोडिएको छ। दुई पाइलटमध्ये एकले जानाजानी विमानलाई दुर्घटनातर्फ लैजान खोजेको हुनसक्ने सम्भावनाबारे समेत अनुसन्धान भइरहेको केही रिपोर्टमा उल्लेख छ। तर यो दाबी पनि अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

खाडी क्षेत्रका विमान कम्पनीहरूले विभिन्न देशका नागरिकलाई पाइलटका रूपमा नियुक्त गर्ने गरेका छन्। रुसी र युक्रेनी नागरिक दुई पाइलट एउटै ककपिटमा कार्यरत हुनु आफैंमा असामान्य विषय भने होइन। सन् २०२२ देखि रुस र युक्रेनबीच युद्ध जारी रहेकाले घटनामा उनीहरूको राष्ट्रियताको प्रसंगले थप चासो भने पैदा गरेको छ।

हालसम्म अनुसन्धानकर्ताहरूले पाइलटहरूको राष्ट्रियता र ककपिटमा भएको झडपबीच कुनै सम्बन्ध रहेको बताएका छैनन्। घटनाको वास्तविक कारण, झडपको क्रम र विमान असामान्य रूपमा तल झर्नुको कारण अनुसन्धान पूरा भएपछि मात्र स्पष्ट हुने देखिन्छ।

यात्रुहरूलाई सुरक्षित रूपमा तबुकमा अवतरण गराएपछि विमानबाट निकालिएको छ। फ्लाईदुबईले वैकल्पिक विमानमार्फत यात्रुहरूको यात्रा पूरा गर्ने व्यवस्था मिलाएको जनाएको छ। ककपिटभित्र भएको झडपले भने व्यावसायिक उडानमा चालक दलको समन्वय, सुरक्षा प्रक्रिया र आपतकालीन अवस्थाको व्यवस्थापनमाथि गम्भीर चासो उत्पन्न गरेको छ।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action