Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

६० प्रतिशत श्रमयोग्य जनशक्ति राष्ट्रिय अवसर हो: सभामुख अर्याल

६० प्रतिशत श्रमयोग्य जनशक्ति राष्ट्रिय अवसर हो: सभामुख अर्याल
A A+ A-

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले सिपलाई समाज र राष्ट्रिय समृद्धिको मूल आधार भएको बताएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयले इटहरीमा आयोजना गरेको सिप तथा रोजगार मेला २०८३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालको कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै सभामुख अर्यालले यति ठूलो सङ्ख्यामा कार्यसम्पादन गर्न सक्ने जनशक्ति हुनु देशका लागि असाधारण जनसाङ्ख्यिक लाभांश र अवसर भएको बताए। तर, आन्तरिक बजारको माग र उपलब्ध जनशक्तिको सिपबिच सही तालमेल हुन नसक्दा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरे।

एकातिर स्वदेशी युवाहरू रोजगारीका लागि बाहिरिनुपर्ने र अर्कोतिर स्थानीय रोजगारदाताहरूले आवश्यक सिपयुक्त जनशक्ति नपाएर विदेशी कामदार भित्र्याउनुपर्ने विरोधाभासपूर्ण अवस्था रहेको उनले बताए। संविधानले प्रत्येक नागरिकलाई सुनिश्चित गरेको रोजगारी र श्रम सम्बन्धी मौलिक हकलाई व्यवहारमा उतार्न यो मेला महत्त्वपूर्ण कडी हुने विश्वास उनले व्यक्त गरे।

सभामुख अर्यालले रोजगारदाता र रोजगार खोजीबिच साझा मञ्च खडा गरी आन्तरिक रोजगारीका सम्भावना विस्तार गर्न यो अभियान सुरु गरिएको बताए। तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारहरूको समन्वयात्मक प्रयासबाट मात्र आन्तरिक रोजगारीलाई भरपर्दो विकल्पका रूपमा स्थापित गर्न सकिने धारणा उनले राखेका छन्।

2