udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

हवाई दुर्घटनामा क्षतिपूर्ति पाँच गुणा बढाउने प्रस्ताव

हवाई दुर्घटनामा क्षतिपूर्ति पाँच गुणा बढाउने प्रस्ताव
A A+ A-

काठमाडौं। हवाई दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारले पाउने क्षतिपूर्ति २० हजारबाट १ लाख अमेरिकी डलर पुर्‍याउने प्रस्तावसँगै वायुसेवा कम्पनीको बीमा प्रिमियम र त्यसको असर हवाई टिकटको मूल्यमा पर्न सक्ने विषय बहसमा आएको छ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ ले यात्रु वा तेस्रो पक्षको मृत्यु भएमा नजिकका हकवालालाई १ लाख अमेरिकी डलर बराबर क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ।

हाल आन्तरिक हवाई दुर्घटनामा करिब २० हजार अमेरिकी डलर बराबरको बीमा दायित्व रहेको बताइएको छ। प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा यस्तो दायित्व पाँच गुणासम्म बढ्नेछ।

सरकारले दायित्व बढ्दा वायुसेवा कम्पनीले तिर्नुपर्ने बीमा प्रिमियम पनि बढ्न सक्ने र त्यसको अप्रत्यक्ष असर टिकटको मूल्यमा पर्न सक्ने तर्क गरेको छ। पर्यटनमन्त्री खडकराज पौडेलले २० हजारबाट एकैपटक १ लाख डलर क्षतिपूर्ति पुर्‍याउँदा प्रिमियम शुल्क बढ्न सक्ने बताएका छन्।

तर कांग्रेस सांसद खम्मबहादुर खातीले क्षतिपूर्ति सीमा अझ बढाएर १ लाख ५० हजार डलर पुर्‍याउनुपर्ने सुझाव दिएका छन्। उनले क्षतिपूर्ति रकम प्रत्येक पाँच वर्षमा पुनरावलोकन गर्ने व्यवस्था राख्नुपर्ने प्रस्तावसमेत गरेका छन्।

विधेयकमा दुर्घटनापछि क्षतिपूर्ति तत्काल उपलब्ध हुन नसके शव बुझाउने समयमा कम्तीमा ५ लाख रुपैयाँ अन्त्येष्टि खर्च उपलब्ध गराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

अब समितिको छलफलमा यात्रुको क्षतिपूर्ति अधिकार र वायुसेवा कम्पनीको बढ्ने बीमा लागतबीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषय प्रमुख बन्ने देखिएको छ।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action