Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तनहुँ जलविद्युतको बाँध निर्माण द्रुत गतिमा

तनहुँ जलविद्युतको बाँध निर्माण द्रुत गतिमा
अ+ अ-

दमौली- तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माण कार्य तदारुकताका साथ भइरहेको छ । परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यो आयोजना नेपालको जलविद्युत इतिहासमै पहिलो कङ्क्रिट गुरुत्व बाँधयुक्त रहेको आयोजनाले जनाएको छ । यस आयोजनाको मुख्य बाँध एक सय ४० मिटर अग्लो हुनेछ ।

आयोजनाको अनुसार हाल आयोजनास्थलमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू उठिसकेका छन् । बाँध निर्माणको क्रममा मास कङ्क्रिटिङमा तापमान नियन्त्रण अति संवेदनशील हुने भएकाले अत्याधुनिक प्रविधिमार्फत तापमान सन्तुलनमा राखिएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँधको संरचना अत्यन्तै जटिल र दीर्घकालीन सुरक्षासँग जोडिएको भएकाले तापमान नियन्त्रणमा विशेष ध्यान दिइएको छ । अब बाँधको उचाइ क्रमशः बढाउँदै लगिनेछ । पावरहाउस क्षेत्रको संरचनात्मक निर्माण कार्यहरू अन्तिम चरणमा पुगेको र अहिले इलेक्ट्रो–मेकानिकल उपकरणहरूको जडान कार्य सुचारु रूपमा भइरहेको भण्डारीले बताउनुभयो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ । तनहुँ जलविद्युत आयोजनाको क्षमता १४० मेगावाट रहेको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।

बाढीजन्य विपद् जोखिम न्यूनीकरणका लागि साइरन जडान

यसैबिच आयोजनाद्वारा नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपदबाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जडान गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना जडान गरिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार दिन १७ स्थानमा साइरन जडान गरी सञ्चालित छन् ।

नदी सुरक्षा व्यवस्थापन योजना अन्तर्गत सेती नदीमा निर्माणधीन बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रका सेती र मादी नदी क्षेत्रका बासिन्दालाई बाढी जन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । बाँध सुरक्षा, मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा निर्माण गरिएको अस्थायी बाँध, त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने नदीको बहावमा हुनसक्ने फेरबदलको बारेमा नदी सुरक्षाविज्ञबाट प्रशिक्षण प्रदान गरिएको छ ।

2