Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

मुक्तिनाथ विकास बैंकमा ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली लागू हुने

मुक्तिनाथ विकास बैंकमा ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली लागू हुने
A A+ A-

काठमाडौं: इन्फोडेभलपर्स प्रालि र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा समझदारी भएको छ। उक्त समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत प्रेम थापा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो।

यो सहकार्यले बैंकको डिजिटल बैंकिङ क्षमता र प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। इन्फोडेभलपर्सद्वारा विकसित ‘पुमोरी नेक्स्टजेन’ एक वेबमा आधारित र पूर्ण रूपमा एपीआई-इन्टिग्रेटेड कोर बैंकिङ प्लेटफर्म हो। यसको संरचनाले विभिन्न भुक्तानी गेटवे, तेस्रो-पक्षीय एप्लिकेसन र अन्य इन्टरप्राइज प्रणालीसँग सहज एकीकरण गर्न मद्दत गर्नेछ।

यस प्रणालीको कार्यान्वयनसँगै मुक्तिनाथ विकास बैंकले आफ्नो कोर बैंकिङ पूर्वाधारलाई आधुनिकीकरण गर्नेछ। यसले बैंकलाई भविष्यका डिजिटल नवप्रवर्तनका लागि तयार पार्नुका साथै ग्राहकलाई छिटो, सुरक्षित र प्रभावकारी वित्तीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। यो कदमलाई नेपालको वित्तीय क्षेत्रमा प्रविधि अभिवृद्धिका लागि महत्त्वपूर्ण मानिएको छ।

2