Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दा प्राथमिकतामा

एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दा प्राथमिकतामा
A A+ A-

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन कतारमा आयोजना हुने भएको छ। डिसेम्बर ११ र १२ तारिखमा सञ्चालन हुने उक्त सम्मेलनमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका मुद्दालाई विशेष प्राथमिकता दिइने भएको छ। ‘सुरक्षित श्रम, आप्रवासन; समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनलाई ‘सहयात्रा’ नाम दिइएको छ।

मध्यपूर्व संयोजक रमेश श्रेष्ठका अनुसार सम्मेलनमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा छलफल हुनेछ। साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि छुट्याइएको १० प्रतिशत आइपिओ कोटाको कार्यान्वयन, विदेशमा अलपत्र परेका, कानुनी झमेलामा फसेका तथा ब्लड मनी तिर्नुपर्ने अवस्थामा रहेका श्रमिकको उद्धारका विषयलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ।

सम्मेलन सम्पन्न गर्न करिब २ लाख ५० हजार कतारी रियाल खर्च हुने अनुमान गरिएको छ। उक्त बजेट कार्यक्रम स्थलको व्यवस्थापन, अतिथि सत्कार, खाना, यातायात र मिडिया व्यवस्थापनका लागि खर्च गरिने आयोजकले जनाएको छ। सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, एनआरएनएका पदाधिकारी, मध्यपूर्वका विभिन्न देशका प्रतिनिधि र सञ्चारकर्मी गरी करिब ४ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष बुद्धि सुवेदी र पूर्व अध्यक्ष आरके शर्माले विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न र उनीहरूको श्रमको सम्मान गर्न संस्था प्रतिबद्ध रहेको बताएका छन्। आयोजक राष्ट्र एनसीसी कतारले कार्यक्रमको तयारी तीव्र पारिएको जनाएको छ। सम्मेलनको अन्त्यमा एक घोषणापत्र जारी गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकका साझा मुद्दाहरू नेपाल सरकार र सम्बन्धित निकायमा बुझाइने आयोजकले जानकारी दिएको छ।

2