Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

यांगोको दसैं अफरमा शून्य पार्टनर शुल्क

यांगोको दसैं अफरमा शून्य पार्टनर शुल्क
A A+ A-

काठमाडौं । राइड–हेलिङ सेवा यांगोको स्थानीय फ्लीट पार्टनर इनोहभ सर्भिसेसले आफ्नो पहिलो वार्षिकोत्सव तथा बडादसैंको अवसरमा राइडरका लागि विशेष अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत दसैं अवधिभर यांगो इनोहभ राइडरले पार्टनर शुल्क तिर्नुपर्ने छैन। राइडरलाई प्रोत्साहन गर्न कम्पनीले रेनकोट, पावर बैंक र मोबाइल होल्डरलगायत सामग्री पनि वितरण गर्ने जनाएको छ।

करिब एक वर्षदेखि काठमाडौं उपत्यकामा यांगोसँगको साझेदारीमा सेवा दिँदै आएको इनोहभमा हाल ५०० भन्दा बढी राइडर आबद्ध छन्। कम्पनीले २५० भन्दा बढी मोटरसाइकलमार्फत सेवा दिइरहेको छ। तिहारपछि फ्लीट संख्या बढाएर ५०० मोटरसाइकल पुर्‍याउने तयारी कम्पनीको छ।

आफ्नै मोटरसाइकल खरिद गर्न नसक्ने तर राइड–हेलिङमार्फत आम्दानी गर्न चाहने व्यक्तिलाई लक्षित गरी कम्पनीले विनाअग्रिम लगानी काम गर्ने अवसर दिएको जनाएको छ।

मोटरसाइकलको लाइसेन्स र सवारी चलाउने अनुभव भएका व्यक्तिले यांगोको प्लेटफर्ममा खाता खोलेर महाराजगञ्जस्थित इनोहभको कार्यालयमा आवश्यक कागजात बुझाएपछि अग्रिम रकम नतिरी मोटरसाइकल प्राप्त गर्न सक्नेछन्।

राइडरले आफ्नो सुविधाअनुसार तलब वा भाडा मोडल रोजेर काम गर्न सक्नेछन्। निश्चित मापदण्ड पूरा गर्ने राइडरका लागि खाना र बस्ने सुविधासमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ। उपत्यकामा राइडरका रूपमा आबद्ध हुन दर्ता प्रक्रिया निःशुल्क गरिएको छ।

कम्पनीले असोजको अन्तिम साता पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारीसाधन खरिद गर्न चाहने राइडरका लागि साताव्यापी बाइक एक्सचेन्ज कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ।

कार्यक्रममा पुराना सवारीसाधनको मूल्याङ्कन, छुट तथा किस्ताबन्दीमा नयाँ सवारीसाधन खरिद गर्ने सुविधा दिइनेछ। यांगो राइडरका लागि शून्य प्रतिशतसम्म ब्याजदर र २४ देखि ६० महिनासम्मको कर्जा अवधिसहित तीन प्रकारका वित्तीय योजना उपलब्ध हुने कम्पनीले जनाएको छ।

स्थानीय साझेदारमार्फत सेवा विस्तार गरिरहेको इनोहभले आगामी दिनमा राइड–हेलिङ क्षेत्रमा सेवा थप विस्तार गर्ने जनाएको छ।

2