Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

ओपनएआईको एआई रिजनिङ चोर्ने प्रयास विफल

ओपनएआईको एआई रिजनिङ चोर्ने प्रयास विफल
A A+ A-

एजेन्सी । ओपनएआईले आफ्ना एआई मोडलमा सुरक्षित राखिएको आन्तरिक तर्क प्रक्रिया अर्थात् रिजनिङ निकाल्ने उद्देश्यले गरिएको संगठित प्रयासलाई पहिचान गरी रोक्न सफल भएको जनाएको छ। कम्पनीका अनुसार यस गतिविधिको मुख्य समूह चिनियाँ एआई स्टार्टअप मुनशट एआईसँग सम्बन्धित रहेको पाइएको छ।

ओपनएआईका अनुसार उक्त गतिविधि जुलाईको सुरुवातमा सुरु भएको थियो। त्यसको दुई दिनमै ४ हजारभन्दा बढी प्रयोगकर्तामार्फत करिब १६ हजार अनुरोध गरिएको थियो। पछि कम्पनीले १५ हजारभन्दा बढी प्रयोगकर्तासँग सम्बन्धित गतिविधि पहिचान गरेको र जुलाई २८ सम्ममा अभियानलाई पूर्ण रूपमा रोकिएको जनाएको छ।

यो घटना सार्वजनिक हुनुअघि एआई कम्पनी एन्थ्रोपिकले मुनशट एआई, अलिबाबासहित केही चिनियाँ एआई विकासकर्ताले आफ्नो क्लड मोडल प्रयोग गरी एआई प्रणालीलाई तालिम दिएको आरोप लगाएको थियो। नयाँ घटनाले प्रतिस्पर्धी एआई कम्पनीहरूले विकसित मोडलबाट प्रविधि सिक्ने वा क्षमता नक्कल गर्ने प्रयासबारे अमेरिकी एआई उद्योगमा रहेको चिन्ता थप बढाएको छ।

ओपनएआईले यो गतिविधिलाई ‘एड्भर्सेरियल डिस्टिलेसन’ भनेको छ। यस प्रक्रियामा एउटा एआई मोडलबाट प्राप्त नतिजा वा अन्य उपयोगी जानकारीलाई अर्को एआई मोडलको विकास वा प्रशिक्षणमा प्रयोग गरिन्छ। कम्पनीका अनुसार यस्तो तरिकाबाट रिजनिङ प्राप्त गर्दा नयाँ एआई प्रणाली विकास गर्ने क्रममा आवश्यक पर्ने समय, खर्च र सुरक्षा अनुसन्धान घटाउन सकिन्छ।

कम्पनीले आफ्ना मोडलको रिजनिङ चोरी हुँदा उन्नत एआई क्षमताको नक्कल गर्न सहज हुने र यसले सुरक्षा तथा राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम निम्त्याउन सक्ने जनाएको छ।

ओपनएआईका अनुसार यो गतिविधिमा संलग्न समूहले कम्पनीको इन्क्रिप्सन प्रणाली, डेटाबेस वा प्रयोगकर्ताका सुरक्षित कुराकानीमा प्रत्यक्ष पहुँच बनाएको थिएन। उनीहरूले मोडलसँग गरिने अनुरोध र संवादको तरिका परिवर्तन गरेर प्रयोगकर्तालाई सामान्य रूपमा नदेखाइने रिजनिङ पुनः प्राप्त गर्ने प्रयास गरेका थिए।

यस गतिविधिमा संलग्न सबै व्यक्ति वा समूह एउटै संस्थासँग सम्बन्धित थिए कि थिएनन् भन्ने स्पष्ट नभए पनि मुख्य गतिविधि मुनशट एआईसँग सम्बन्धित व्यक्तिहरूबाट भएको ओपनएआईको निष्कर्ष छ।

ओपनएआईले यसबारे आफ्ना निष्कर्षहरू फ्रन्टियर मोडल फोरम र सरकारी सूचना आदानप्रदान संयन्त्रमार्फत अन्य एआई विकासकर्तासँग पनि साझा गरेको जनाएको छ।

2