काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ढाँटलाई एनएस सिरिजको ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।
‘र पावर मिट्स र पावर’ अवधारणामा आधारित यो सहकार्यले ढाँटको व्यक्तित्व र पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई जोड्ने कम्पनीले जनाएको छ। ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सर एनएसको पावर, प्रदर्शन तथा मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ।
बजाजले पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको जनाएको छ। ढाँटसँगको सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउने अपेक्षा कम्पनीको छ।
रविन्द्र ढाँट अब पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, प्रचार अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा सहभागी हुनेछन्। ती अभियानमार्फत पल्सरका उत्पादनका विशेषता र प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास, प्रदर्शन तथा बोल्ड एटिच्युडलाई प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
बजाजका अनुसार ढाँट र पल्सरबीचको सहकार्य दुई फरक पहिचानलाई शक्ति र प्रदर्शनको एउटै भावनामा जोड्ने प्रयास हो। यसले पल्सर एनएसको ब्रान्ड व्यक्तित्वलाई थप स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ।
