Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सन नेपाल लाइफको आईएसओ प्रमाणीकरण नवीकरण

सन नेपाल लाइफको आईएसओ प्रमाणीकरण नवीकरण
A A+ A-

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणीकरण नवीकरण गरेको छ।

कम्पनीका अनुसार प्रमाणीकरण नवीकरणसँगै बीमित, ग्राहक तथा अन्य सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रतिको प्रतिबद्धता थप बलियो भएको छ।

आईएसओ/आईईसी २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक हो। यसले सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान, मूल्याङ्कन, सुरक्षा उपायको कार्यान्वयन तथा त्यसको नियमित समीक्षा र सुधारका लागि व्यवस्थित आधार प्रदान गर्छ।

यस मानकले सूचनाको गोपनीयता, अखण्डता र उपलब्धतालाई मुख्य आधार मानेको छ। जीवन बीमा सेवामा ग्राहकका व्यक्तिगत विवरण, बीमालेख, भुक्तानी तथा दाबीसम्बन्धी अभिलेख सुरक्षित राख्नु महत्वपूर्ण हुने कम्पनीले जनाएको छ।

डिजिटल सेवाको विस्तारसँगै ग्राहकका संवेदनशील सूचनाको सुरक्षा सेवाको विश्वसनीयता र ग्राहकको विश्वाससँग जोडिएको कम्पनीको भनाइ छ।

सन नेपाल लाइफले आगामी दिनमा सूचना सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन, कर्मचारीमा सचेतना अभिवृद्धि तथा प्रणाली र प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

2