Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

येनप्रति बजारको विश्वास बढाउने ताकाइचीको दाबी

येनप्रति बजारको विश्वास बढाउने ताकाइचीको दाबी
A A+ A-

एजेन्सी । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले देशको आर्थिक प्रतिस्पर्धात्मकता बढाउने सरकारको प्रयासले येनप्रति बजारको विश्वास कायम गर्न सहयोग पुग्ने बताएकी छन् ।

निप्पोन टेलिभिजनले बिहीबार प्रसारण गरेको रेकर्ड गरिएको अन्तर्वार्तामा ताकाइचीले आर्थिक नीतिको उद्देश्य येनको विनिमय दरमा हस्तक्षेप गर्नु नभएको स्पष्ट पारेकी हुन् ।

उनका अनुसार सरकारले संकट व्यवस्थापन र आर्थिक वृद्धिका क्षेत्रमा लगानी बढाउँदै अर्थतन्त्रको आपूर्ति क्षमता विस्तार गर्ने नीति लिएको छ । यसबाट जापानको आर्थिक वृद्धिको सम्भावना बढ्नुका साथै विश्वव्यापी प्रतिस्पर्धात्मकता बलियो हुने उनको भनाइ छ ।

ताकाइचीले गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा येनको अवमूल्यनलाई समस्या भएको विषय आफूले उठाएको पनि बताइन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग जापानी अर्थमन्त्री सात्सुकी कातायामाको अगस्ट ३१ मा भएको द्विपक्षीय वार्तापछि अमेरिकाले जापानको आर्थिक नीतिलाई समर्थन गरेको र कुनै विशेष माग नराखेको ताकाइचीले दाबी गरिन् ।

उनले बलियो अर्थतन्त्र र दिगो वित्तीय नीतिलाई सँगसँगै अघि बढाउने सरकारको अडानमा परिवर्तन नभएको बताइन् ।

बैंक अफ जापानले ब्याजदर बढाए पनि येन अपेक्षित रूपमा बलियो हुन सकेको छैन । कमजोर येनका कारण आयात लागत बढ्नुका साथै मुद्रास्फीतिमा दबाब परेको छ ।

जापानको कमजोर बन्दै गएको वित्तीय अवस्था र थप ऋणपत्र निष्काशनको सम्भावनाले लगानीकर्तामा चिन्ता बढेको छ । ताकाइची सरकारले अघि सारेका खर्चसम्बन्धी योजनाले येन कमजोर पार्न र सरकारी ऋणपत्रको प्रतिफल बढाउन केही भूमिका खेलेको विश्लेषण पनि गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न मन्त्रालय तथा निकायबाट १४ सय ३० खर्ब येन बराबरको माग परेको छ । यो रकम महामारीकालीन समयको उच्च स्तरनजिक पुगेको छ । रक्षा खर्चसहित केही शीर्षकमा अझै निश्चित रकम नतोकिएकाले बजेट माग थप बढ्न सक्ने बताइएको छ ।

खाद्य वस्तुमा लाग्ने कर अस्थायी रूपमा घटाउने योजनाका लागि स्रोत व्यवस्थापनबारे सरकारले स्पष्ट विवरण दिन नसकेको र रक्षा खर्च बढ्ने सम्भावनाले पनि ऋणपत्र बजारमा चिन्ता बढाएको छ ।

ताकाइचीले बजेटका लागि आएको कुल माग नै आगामी वर्षको वास्तविक बजेटको आकार नहुने स्पष्ट पारिन् । सरकारले वर्षको अन्त्यसम्म आवश्यक र प्रभावकारी नीतिको मूल्यांकन गरेर प्राथमिकता निर्धारण गर्ने उनको भनाइ छ ।

सरकारले कर राजस्वको अवस्था हेर्दै खर्च र आम्दानी दुवैको समीक्षा गर्ने तथा बजेट निर्माण प्रक्रियालाई सुधार गर्ने ताकाइचीले बताइन् ।

उनका अनुसार जापानको कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अनुपात घटाउने लक्ष्यअनुसार खर्च निर्धारण गरिनेछ । साथै, सरकारी ऋणपत्र निष्काशनको आकारलाई पनि उचित रूपमा व्यवस्थापन गरिने उनले बताइन् ।

यसअघि ताकाइचीले आगामी आर्थिक वर्षमा नयाँ ऋणपत्र निष्काशन ४०० खर्ब येनमा सीमित गर्ने लक्ष्यबारे अभिव्यक्ति दिएकी थिइन् । तर पछिल्लो अन्तर्वार्तामा उनले उक्त लक्ष्य दोहोर्याइनन् ।

2