Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बीएमडब्ल्यूले नाफा सुधार रणनीति ल्याउँदै

बीएमडब्ल्यूले नाफा सुधार रणनीति ल्याउँदै
A A+ A-

एजेन्सी । जर्मनीको प्रिमियम कार निर्माता बीएमडब्ल्यूले चीनमा कमजोर प्रदर्शनपछि नाफा सुधारका लागि नयाँ रणनीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले बुधबार लगानीकर्ताका लागि आयोजना गरेको ‘क्यापिटल मार्केट्स डे’ मा रणनीतिक योजनाको अद्यावधिक विवरण सार्वजनिक गर्ने तयारी गरेको हो । बर्नस्टिनका विश्लेषकहरूले कम्पनी व्यवस्थापनसँगको छलफलपछि रणनीतिका मुख्य बुँदा सार्वजनिक गरेका छन् ।

बीएमडब्ल्यूले पछिल्लो तीन वर्षभन्दा केही बढी अवधिमा नाफासम्बन्धी तेस्रो चेतावनी गत जुनमा जारी गरेको थियो । चीनमा बिक्री घट्नु र अमेरिकी भन्सार महसुलको दबाबका कारण कम्पनीको नाफामा असर परेको हो ।

कमजोर प्रदर्शनपछि कम्पनीले लागत घटाउने योजना अघि सारेको छ । यसबाट जर्मनीमा करिब ८ हजार रोजगारी प्रभावित हुने अनुमान गरिएको छ । फक्सवागन र मर्सिडिज–बेन्जले पनि यस्तै लागत कटौतीका योजना अघि बढाएका छन् ।

बर्नस्टिनका अनुसार बीएमडब्ल्यूले सन् २०२८ सम्ममा आफ्नो अटोमोटिभ व्यवसायको नाफा मार्जिन ३ देखि ५ प्रतिशतमा पुर्‍याउने लक्ष्य राख्नेछ । सन् २०३० को दशकको सुरुसम्ममा मार्जिन ८ देखि १० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य रहेको विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय कम्पनीको नाफा मार्जिन २.३ प्रतिशतमा झरेको छ ।

बर्नस्टिनका विश्लेषक स्टेफन रिटम्यानका अनुसार बीएमडब्ल्यूले नाफा सुधारका लागि लागत कटौतीसँगै नयाँ उत्पादनमार्फत बिक्री र वृद्धिमा पनि जोड दिनेछ । उनका अनुसार विद्युतीय आईएक्स३ एसयूभीसहितको ‘नोइ क्लास’ मोडल कम्पनीको पुनरुत्थान योजनाको महत्वपूर्ण हिस्सा हुनेछ ।

बीएमडब्ल्यूले एक्स७ भन्दा माथिल्लो श्रेणीको लक्जरी एसयूभी ल्याउने तयारी गरेको पनि विश्लेषकहरूले बताएका छन् । त्यस्तै, सन् २०२७ देखि एम र अल्पिना रेन्ज विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

कम्पनीले अर्को पुस्ताको ३ सिरिज स्पोर्ट्स सेडानको जर्मनीमा उत्पादनका लागि करिब २ अर्ब युरो लगानी गर्ने छुट्टै घोषणा गरेको छ ।

बर्नस्टिनका अनुसार बीएमडब्ल्यूका युरोपेली र अमेरिकी कारखाना उच्च क्षमतामा सञ्चालन भइरहेका छन् । चीनमा भने उत्पादन समायोजन र उत्पादन क्षमता लचिलो बनाउने आवश्यकता रहेको विश्लेषकहरूको भनाइ छ ।

बीएमडब्ल्यूका प्रवक्ताले कम्पनीको रणनीतिक योजनासम्बन्धी विस्तृत विवरण बुधबार ढिलो सार्वजनिक गरिने बताएका छन् । पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य एक तिहाइभन्दा बढी घटेर ६ वर्षभन्दा लामो अवधिकै न्यून स्तरमा पुगेको छ ।

2