Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सनसाइन फुड्सको कारोबार ८ अर्ब नजिक

सनसाइन फुड्सको कारोबार ८ अर्ब नजिक
A A+ A-

काठमाडौं । भारतीय बजारमा प्रशोधित खानेतेलको माग र नेपालबाट भारत निर्यातमा उपलब्ध भन्सार सुविधाको लाभ उठाउँदै रुपन्देहीको सनसाइन फुड्स प्रालिले कारोबार र नाफा दुवै उल्लेख्य बढाएको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन आम्दानी ७ अर्ब ९६ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको आम्दानी एक वर्षमै करिब ९० प्रतिशत बढेको हो ।

कम्पनीको खुद नाफा पनि ६ करोड ६० लाख रुपैयाँबाट बढेर २८ करोड १० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा ग्रस क्यास एक्रुअल्स ८ करोड ९० लाखबाट बढेर ३० करोड रुपैयाँ पुगेको छ ।

सनसाइन फुड्सले सोयाबिन, सनफ्लावर र पाम आयल प्रशोधन गरी भारतीय बजारमा निर्यात गर्दै आएको छ । तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर भारत निर्यात गर्दा प्राप्त भन्सार सुविधाले नेपाली तेल उद्योगलाई प्रतिस्पर्धात्मक लाभ दिँदै आएको छ ।

कम्पनीको सञ्चालन खर्चमा कच्चा पदार्थको हिस्सा करिब ९४ प्रतिशत रहेकाले अन्तर्राष्ट्रिय मूल्य र अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावले लागत तथा नाफामा प्रत्यक्ष असर पार्ने देखिन्छ ।

कम्पनीको ब्याज भुक्तानी क्षमता अनुपात १.६६ गुणाबाट बढेर ३.९४ गुणा पुगेको छ । कुल ऋण र ग्रस क्यास एक्रुअल्सको अनुपात पनि १५.९१ गुणाबाट घटेर ५.७५ गुणामा आएको छ ।

यद्यपि, भारतले पछिल्लो समय कच्चा तथा प्रशोधित खानेतेलको आयात महसुलमा गरेको परिवर्तनले नेपाली उद्योगले पाउँदै आएको प्रतिस्पर्धात्मक लाभमा दबाब पर्न सक्ने जोखिम छ । यस्तो अवस्थामा भारतीय बजारमा निर्भरता घटाउँदै स्वदेशी बजार विस्तार गर्नु सनसाइन फुड्सका लागि महत्वपूर्ण चुनौती बनेको छ ।

2