काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से रातो देखिएको छ।
तथ्याङ्क अनुसार आज ६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभरिमा कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस अवधिमा १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन् भने ४३ हजार ६८५ पटकको कारोबारमा ३५६ वटा स्क्रिप्स समेटिएका छन्।
कारोबार भएका अधिकांश उपसमूहहरूमा गिरावट देखिएको छ। विशेषगरी म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहमा सबैभन्दा बढी गिरावट आएको छ। त्यसैगरी, लाइफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक र हाइड्रोपावर समूहमा पनि उल्लेखनीय गिरावट देखिएको छ।
आजको बजारमा एनएमबी र सिद्धार्थ बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक ८.५५ प्रतिशत गुमाएका छन्।
