काठमाडौं । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ।
काठमाडौंमा सुरु भएको पल्सर आरपीएमको अर्को संस्करण असोज १७ गते बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना हुने भएको हो। कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, र्याप, डिजे प्रस्तुति तथा ग्राफिटीसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि प्रस्तुत गरिनेछ।
कार्यक्रमले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न विधाका कलाकार तथा प्रतिभासँग प्रत्यक्ष जोडिने वातावरण तयार गर्ने कम्पनीले जनाएको छ।
काठमाडौंमा सुरु भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग जोडिन थालेको हो। बुटवलमा हुने कार्यक्रमले स्थानीय युवा समुदायको ऊर्जा र बुटवलको सडक संस्कृतिलाई केन्द्रमा राखेर विशेष अनुभव दिने कम्पनीको भनाइ छ।
मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले युवाको प्रदर्शन क्षमता, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
