Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

स्मार्ट टिभीमै चल्ने भयो एनटीटिभी

स्मार्ट टिभीमै चल्ने भयो एनटीटिभी
A A+ A-

काठमाडौं । नेपाल टेलिकमले स्मार्ट टिभी प्रयोगकर्ताका लागि भर्चुअल सेटटप बक्स सेवा सञ्चालनमा ल्याएको छ। यससँगै एनटी फाइबरमार्फत उपलब्ध हुँदै आएको एनटीटिभी सेवा अब छुट्टै सेटटप बक्स नराखी एन्ड्रोइड स्मार्ट टिभीमै चलाउन सकिने भएको छ।

नेपाल टेलिकमका अनुसार १५ असोजदेखि एन्ड्रोइड टिभीका लागि भर्चुअल सेटटप बक्स सेवा उपलब्ध भएको हो। ग्राहकले आफ्नो एन्ड्रोइड स्मार्ट टिभीको गुगल प्लेस्टोरमा गएर ‘स्मार्ट एनटीटिभी’ एप डाउनलोड गरी सेवा प्रयोग गर्न सक्नेछन्।

यसका लागि छुट्टै भौतिक सेटटप बक्स जडान गर्नुपर्ने छैन। स्मार्ट टिभीमै एप इन्स्टल गरेपछि एनटीटिभी सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

कम्पनीले निकट भविष्यमा सबै प्रकारका स्मार्ट टिभीमा चलाउन मिल्ने भर्चुअल सेटटप बक्स सेवा विस्तार गर्ने तयारीसमेत गरेको छ।

टेलिकमले भर्चुअल सेटटप बक्ससहितको नयाँ प्याकेज लिने ग्राहकलाई १ हजार रुपैयाँ छुट दिने व्यवस्था गरेको छ।

नेपाल टेलिकमको एनटी फाइबर सेवाबाट एउटै फाइबरमार्फत टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुँदै आएको छ। कम्पनीले भर्चुअल सेटटप बक्ससहित एनटीटिभी प्रयोग गर्न विभिन्न प्याकेजसमेत उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार वार्षिक र दुई वर्षे प्याकेजमा मोबाइल डेटा सुविधा पनि समावेश गरिएको छ। भर्चुअल सेटटप बक्स सेवाले स्मार्ट टिभी प्रयोगकर्तालाई अतिरिक्त उपकरणको आवश्यकता घटाउँदै एनटीटिभी प्रयोगलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

2