Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

होर्मुजमा सात तेल ट्यांकरमाथि हमला

होर्मुजमा सात तेल ट्यांकरमाथि हमला
A A+ A-

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्सको नौसेनाले पछिल्लो पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेको छ। इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले यस्तो दाबी सार्वजनिक गरेको हो।

फर्सका अनुसार आईआरजीसीको नौसेनाले पाँच दिनमा दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको र अमेरिकी नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला इरानतर्फबाट यस्तो विवरण सार्वजनिक भएको हो।

फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टलाई उद्धृत गर्दै शुक्रबार जलडमरूमध्यमा दुई तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ। तीमध्ये एउटा जलमार्गको प्रवेश क्षेत्रमा र अर्को बाहिरिने क्रममा रहेको बताइएको छ।

मेन्चओसिन्टका अनुसार पछिल्ला चार दिनमा कुवेतका अल फुन्टास र काजिमाह–३ तथा संयुक्त अरब इमिरेट्सका सिनबाड, मेर्सिन प्रोस्पेरिटी र अल रुवाइस नामका जहाज पनि प्रभावित भएका छन्।

घटनाबारे सार्वजनिक विवरणमा सबै जहाजमाथिको आक्रमणको जिम्मेवारी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। शुक्रबार दुई ट्यांकरमाथि अज्ञात क्षेप्यास्त्रबाट आक्रमण भएको विषयमा बेलायती समुद्री सुरक्षा निकायले पनि सूचना दिएको अन्तर्राष्ट्रिय रिपोर्टमा उल्लेख छ।

इरानले फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमा निगरानी र नियन्त्रण कडा बनाएको बताउँदै आएको छ। इरानको भनाइमा इजरायल वा अमेरिकासँग सम्बन्धित तथा ती देशसँग जोडिएका जहाजलाई सुरक्षित मार्ग दिन रोक लगाइएको छ। यो कदम इरानी भूभागमा अमेरिका र इजरायलले संयुक्त हमला गरेपछि चालिएको बताइएको छ।

होर्मुज जलडमरूमध्य विश्वको प्रमुख ऊर्जा ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको सुरक्षा तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति र मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। पछिल्ला घटनाक्रमसँगै जलमार्गबाट हुने ट्यांकर आवागमनमा जोखिम बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि पछिल्लो समय १०० डलर प्रतिक्यारेलभन्दा माथि पुगेको छ।

2