Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सडक बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

सडक बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
A A+ A-

काठमाडौं। सडक बोर्ड नेपालले रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। बोर्डले एक सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।

सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन्। उम्मेदवारले सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव प्राप्त गरेको हुनुपर्नेछ। आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको लगत्तैको दिन फारम बुझाउन सकिने व्यवस्था छ।

इच्छुक उम्मेदवारले आफ्नो वैयक्तिक विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र कार्य अनुभवको प्रमाणित प्रतिलिपि बुझाउनुपर्नेछ। यसका साथै, बोर्डको उद्देश्य प्राप्तिका लागि आफ्नो योगदान, कार्यान्वयन रणनीति र कार्ययोजनासहितको कार्यपत्र सिलबन्दी खाममा पेश गर्नुपर्नेछ। सरकारी सेवामा कार्यरत कर्मचारीको हकमा विभागीय स्वीकृति र इन्जिनियरको हकमा नेपाल इन्जिनियरिङ परिषद्को दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।

बोर्डले तोकेको मापदण्ड अनुसार ३५ वर्ष पूरा नभएका वा ६० वर्ष नाघेका व्यक्ति आवेदनका लागि अयोग्य हुनेछन्। साथै, विदेशी स्थायी आवासीय अनुमति प्राप्त गरेका, मानसिक सन्तुलन ठीक नभएका वा प्रचलित कानुन बमोजिम कालो सूचीमा परेका व्यक्तिहरू पनि प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन्। भ्रष्टाचार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएका व्यक्तिहरूलाई पनि अयोग्य मानिनेछ।

छनोट हुने कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ। सेवा सुविधा तथा अन्य प्रक्रिया सडक बोर्ड ऐन, २०५८ र नियमावली, २०५९ अनुसार हुनेछ। आवेदन फारम मीनभवनस्थित सडक बोर्डको कार्यालयमा बुझाउनुपर्नेछ। विस्तृत जानकारीका लागि बोर्डको वेबसाइट वा टेलिफोनमार्फत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

2