Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बाढीपछि सौराहाको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै

बाढीपछि सौराहाको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै
A A+ A-

काठमाडौं। बाढीका कारण प्रभावित भएको चितवनको सौराहाको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेको छ। बाढीले सडक र निकुञ्जभित्रका पर्यटकीय गतिविधि बन्द हुँदा होटल बुकिङ ठूलो संख्यामा रद्द भएका थिए। पछिल्लो समय सडक सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ।

पर्यटन व्यवसायी गुणराज थपलियाका अनुसार बाढीका बेला लगभग शून्य रहेको पर्यटक आगमन अहिले सुधारोन्मुख छ। उनले भने, ‘अहिले राम्रो हुँदै गएको छ। बाढीका बेला त खत्तमजस्तै भएको थियो। हिजोआज बाटो खुलेपछि सुधार हुँदै छ।’ उनका अनुसार अहिले होटलमा विदेशी पर्यटकको उपस्थिति बढ्दो छ, जसमा युरोपियन पर्यटकको हिस्सा करिब ६० प्रतिशत छ। सेप्टेम्बर महिनामा मात्रै करिब ९० प्रतिशत बुकिङ रद्द भएको उनले बताए।

निकुञ्ज सफारी प्रालिका अध्यक्ष ऋषिराम तिवारीले निकुञ्जभित्रका बाटो खुलेसँगै सफारी सेवा पुनः सञ्चालनमा आएको जानकारी दिए। उनका अनुसार अहिले होटलमा करिब ५० प्रतिशत अकुपेन्सी पुगेको छ। दसैंयता पर्यटकको चाप बढेपछि हात्ती सफारीको ट्रिपसमेत थपिएको छ। हाल २९ वटा हात्तीले पर्यटक बोकिरहेका छन्। जिप र डुंगा सफारी पनि सञ्चालनमा आएपछि पर्यटकीय गतिविधि थप सहज बनेको छ।

यद्यपि, क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई पर्यटन व्यवसाय पूर्णरूपमा पुरानै अवस्थामा फर्कन अझै समय लाग्ने बताउँछन्। उनका अनुसार अक्टोबर महिनाको बुकिङमा पनि करिब ७० प्रतिशत रद्द भएको छ। अहिले होटलमा १५ देखि २० प्रतिशत मात्र अकुपेन्सी छ, जुन सामान्य अवस्थामा निकै कम हो।

भट्टराईका अनुसार सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाले नेपालभर नै अवस्था खराब रहेको सन्देश गएको छ। उनले भने, ‘नेपाल नै ध्वस्त भयो भन्ने किसिमको सन्देश गयो। मलाई पनि तिमीहरू सुरक्षित छौ भनेर धेरै इमेल आए।’ उनले पर्यटन क्षेत्र पूर्ण लयमा फर्कन अझै पाँच महिना लाग्न सक्ने अनुमान गरेका छन्। सरकारले नेपाल सुरक्षित रहेको सन्देश प्रभावकारी रूपमा फैलाउनुपर्ने उनको भनाइ छ।

2