Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

साताको पहिलो कारोबार दिन नेप्से २० अंकले घट्यो

साताको पहिलो कारोबार दिन नेप्से २० अंकले घट्यो
A A+ A-

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार २०.४८ अंकले घटेर २५६६.७६ अंकमा झरेको छ। साताको पहिलो कारोबार दिन बजार खुलेदेखि नै घटेको नेप्से कारोबार बन्द हुँदासम्म सुधारिन सकेन।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार ३५९ कम्पनीका ४४ हजार ७७७ कारोबारबाट ९० लाख कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत शुक्रबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बजारमा ३२ कम्पनीको सेयर मूल्य बढ्दा २४२ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहगत परिसूचक पनि घटेका छन्। बैंकिङ १०.७३, विकास बैंक २९.१६, वित्त २४.३६, होटल ७३.२८, जलविद्युत् ३६.९५, लगानी १.०१, जीवन बीमा ९३.८१, उत्पादनमूलक १०४.५१, लघुवित्त २७.२४, निर्जीवन बीमा ६०.९९ र अन्य समूह १६.६७ अंकले घटे। व्यापार समूह भने १०.७१ अंकले बढ्यो।

नेपाल धितोपत्र बोर्डले ५ प्रतिशतभन्दा बढी सेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था गरेपछि बजारमा दबाब देखिएको छ। उक्त व्यवस्थामाथि पुनर्विचार गर्न प्रतिनिधिसभाको अर्थ समितिले बोर्डलाई निर्देशन दिएको छ। लाभांशको सिजनमा सेयर मूल्य समायोजनले पनि बजार सूचकमा प्रभाव पारेको छ।

2