Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो

२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो
A A+ A-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ ।

विद्युत् खरिद सम्झौता (पीपीए) गरिसके पनि निर्धारित समयभित्र आयोजना सम्पन्न हुन नसकेपछि वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलपछि प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवर्द्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा निर्णय गरेको हो ।

प्राधिकरणले निर्माणाधीन २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको छ । आवश्यक कागजात र प्रमाण पेस गरेका ‘क’ र ‘ख’ समूहका आयोजनाको आरसीओडी थप गर्ने प्रक्रिया अघि बढाइएको हो ।

गत असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्पष्ट मापदण्डसहित आयोजना वर्गीकरण गर्ने निर्णय गरेको थियो । ‘क’ समूहमा आधारभूत दायित्व पूरा गरेका आयोजना तथा ‘ख’ समूहमा प्राधिकरणका कारण प्रसारण संरचना निर्माणमा ढिलाइ, काबुबाहिरको परिस्थिति वा कम्तीमा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना समेटिएका छन् ।

प्राधिकरणका अनुसार अहिले ८ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् । ‘क’ समूहमा ४ हजार ४९१ मेगावाटका १५० र ‘ख’ समूहमा १ हजार ४२० मेगावाटका ६८ आयोजना छन् ।

‘ख’ समूहका आयोजनाको नियमित अनुगमन गरिनेछ । आवश्यक देखिएमा बढीमा छ महिनाभित्र आयोजनाको पुनः वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

मन्त्री श्रेष्ठले वास्तविक रूपमा निर्माण अघि बढाइरहेका आयोजनालाई सरकारले सहजीकरण गर्ने बताउँदै आरसीओडी थपको निर्णय स्पष्ट मापदण्ड र संस्थागत प्रक्रियाका आधारमा हुने बताएका छन् । प्रवर्द्धकले पनि आफ्नो दायित्व समयमै पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

2