Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

एनवाईईएफ सदस्यलाई नर्भिकमा विशेष छुट

एनवाईईएफ सदस्यलाई नर्भिकमा विशेष छुट
A A+ A-

काठमाडौं । नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) र नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै एनवाईईएफका कर्मचारी तथा सदस्यले नर्भिकमा विभिन्न स्वास्थ्य सेवा विशेष सहुलियतमा प्राप्त गर्ने भएका छन्।

सम्झौताअनुसार एनवाईईएफका कर्मचारी, सदस्य तथा उनीहरूका परिवारका सदस्यले नर्भिकबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्। अस्पतालका अनुसार एम्बुलेन्स, आईपीडी, ओपीडी, आकस्मिक तथा आपतकालीन सेवा र ट्रमालगायतका स्वास्थ्य सेवामा विशेष सहुलियत उपलब्ध गराउने सहमति भएको छ।

सम्झौताअनुसार एनवाईईएफका कर्मचारी तथा सदस्यका बुबा, आमा, पति वा पत्नी र दुई जना बालबालिकाले पनि छुटको सुविधा लिन सक्नेछन्। अस्पतालको बेड चार्ज, प्याथोलोजी तथा रेडियोलोजी सेवा र नर्भिकका कस्टुमाइज्ड हेल्थ प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

त्यस्तै, नर्भिकको फार्मेसी सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ। स्वास्थ्य सेवा लिनका लागि एनवाईईएफका कर्मचारी तथा सदस्यले संस्थाको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।

सम्झौताले एनवाईईएफसँग आबद्ध उद्यमी, कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत प्राप्त गर्ने सुविधा उपलब्ध गराएको छ। नर्भिक र एनवाईईएफबीच भएको सहकार्यले संस्थासँग आबद्ध सदस्य तथा परिवारका लागि स्वास्थ्य सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

2