Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

आइएमई ग्रुप सिनर्जी कप स्वीफ्टलाई

आइएमई ग्रुप सिनर्जी कप स्वीफ्टलाई
A A+ A-

काठमाडौं । आइएमई ग्रुपले आयोजना गरेको पहिलो ‘सिनर्जी कप २०८३’ को उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ । धन्वन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई वारिएरलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगिताको पहिलो खेल आइएमई ग्रुप म्यानेजमेन्ट समूह र ग्रुपअन्तर्गतका कम्पनीका प्रमुख कार्यकारी अधिकृतबीच भएको थियो । उक्त खेलमा आइएमई ग्रुप म्यानेजमेन्ट समूहले २–० को जित निकालेको थियो ।

प्रतियोगितामा आइएमई ग्रुपअन्तर्गतका १८ कम्पनीले सहभागिता जनाएका थिए । उपाधि विजेता स्वीफ्ट टेक्नोलोजीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको समूहले ५० हजार रुपैयाँ तथा तेस्रो हुने समूहले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा आइएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले सिनर्जी कपले ग्रुपअन्तर्गतका विभिन्न कम्पनीका कर्मचारीबीच आपसी सौहार्दता र सहकार्य बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ट्रफी हस्तान्तरण कार्यक्रममा आइएमईका अध्यक्ष हेमराज ढकालले प्रतियोगितामा सहभागी सबै समूहले उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले आगामी वर्षको प्रतियोगितामा थप उत्साह र ऊर्जाका साथ सहभागिता जनाउन सबै समूहलाई शुभकामना दिए ।

आइएमई ग्रुपले पहिलो पटक आयोजना गरेको सिनर्जी कप २०८३ को प्रत्यक्ष प्रसारण डिसहोमअन्तर्गतको एक्सन स्पोर्ट्स एचडी वानबाट गरिएको थियो ।

2