Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बाढीपछि मनाङका पर्यटकीय क्षेत्र सुनसान

बाढीपछि मनाङका पर्यटकीय क्षेत्र सुनसान
A A+ A-

मनाङ: बाढीपहिरोले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि मनाङमा पर्यटकको आगमनमा भारी गिरावट आएको छ। प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार विगतमा यस सिजनमा दैनिक करिब २५० पर्यटक आउने गरेकामा हाल उक्त संख्या घटेर ३० को हाराहारीमा सीमित भएको छ।

चामेदेखि भ्राताङसम्म करिब ६ किलोमिटर सडक अवरुद्ध भएपछि पर्यटकहरू पैदल हिँडेर माथिल्लो मनाङ पुग्न बाध्य छन्। सडक अवरुद्ध हुँदा स्थानीय र पर्यटक दुवैलाई सास्ती भएको छ। बैंकका कर्मचारी सुमित पाण्डेले पुल नहुँदा डोजरको बकेटमा बसेर नदी वारपार गर्नुपरेको बताउनुभयो। चामे गाउँपालिकाका जनस्वास्थ्य अधिकृत दिलबहादुर गुरुङका अनुसार पुल नहुँदा वडा नं. ५ का वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवतजावतमा थप समस्या भएको छ। सो वडामा स्वास्थ्य संस्था नहुँदा उपचारमा समेत कठिनाइ देखिएको छ।

असोज ९ र १० गते आएको बाढीबाट चामे गाउँपालिकाका वडा नं. ३, ४ र ५ मा २० घरपरिवार प्रभावित भएका छन्। गाउँपालिकाका अनुसार १० घर पूर्ण र १० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सहयोगको आह्वान गर्नुभएको छ। सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले सम्बन्धित वडा सचिव वा गाउँपालिकाको स्वास्थ्य शाखामार्फत सम्पर्क गर्न सक्ने जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी खनालले बाढीको असरका बाबजुद जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको बताउनुभयो। उहाँका अनुसार चाडपर्वलाई लक्षित गरी सीमा र आन्तरिक सुरक्षामा सतर्कता बढाइएको छ। साथै, बजारमा अखाद्य वस्तुको बिक्री रोक्न अनुगमन सुरु गरिएको छ भने बाढी प्रभावित क्षेत्रमा सरसफाइका लागि प्रहरी परिचालन गरिएको छ।

2