Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

एआई ल्यापटप सार्वजनिक गर्दै माइक्रोसफ्ट र एनभिडिया

एआई ल्यापटप सार्वजनिक गर्दै माइक्रोसफ्ट र एनभिडिया
A A+ A-

काठमाडौं: अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट र एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ ल्यापटप सार्वजनिक गर्ने तयारी गरेका छन्। सान फ्रान्सिस्कोमा आयोजना हुने कार्यक्रममा माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले संयुक्त रूपमा उक्त उपकरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

रोयटर्सका अनुसार ‘सर्फेस ल्यापटप अल्ट्रा’ नाम दिइएको उक्त उपकरणमा एनभिडियाको एआई चिप प्रयोग हुनेछ। यसले प्रयोगकर्तालाई क्लाउड कम्प्युटिङमा पूर्ण रूपमा निर्भर नभई आफ्नै कम्प्युटरबाट कोड लेख्ने, जटिल व्यावसायिक कार्य गर्ने र एआई एजेन्टमार्फत विभिन्न काम सम्पन्न गर्ने सुविधा दिने लक्ष्य राखेको छ। माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमलाई एआई एजेन्ट सञ्चालन गर्न सक्ने गरी थप सक्षम बनाउने प्रयास गरिरहेको छ।

यो परियोजना माइक्रोसफ्टका लागि आफ्ना एआई सेवाको सञ्चालन खर्च घटाउने माध्यम पनि बन्न सक्छ। हाल धेरै एआई कार्यका लागि कम्पनीहरूले महँगा क्लाउड कम्प्युटिङ सेवामा निर्भर हुनुपर्ने बाध्यता छ। शक्तिशाली चिप र पर्याप्त मेमोरी भएको ल्यापटपमा नै एआई सञ्चालन गर्न सकिएमा क्लाउडमाथिको निर्भरता कम हुने कम्पनीको अपेक्षा छ। एनभिडियाका लागि पनि यो व्यक्तिगत कम्प्युटरको बजारमा आफ्नो पकड विस्तार गर्ने महत्वपूर्ण अवसर हो।

यद्यपि, नयाँ उपकरणको मूल्य मुख्य चुनौतीका रूपमा देखिएको छ। मेमोरी चिपको अभाव र बढ्दो लागतका कारण यस्ता ल्यापटपको मूल्य उच्च हुने अनुमान गरिएको छ। विश्लेषक एन्सेल सागका अनुसार सफ्टवेयर र हार्डवेयर दुवै तयार भए पनि हार्डवेयरको बढ्दो मूल्यले व्यक्तिगत कम्प्युटरमै एआई सञ्चालन गर्ने प्रविधि आम प्रयोगकर्ताका लागि महँगो बन्दै गएको छ। यसअघि एनभिडियाले आफ्नो एआई डेस्कटपको मूल्यमा समेत उल्लेख्य वृद्धि गरेको थियो।

2