Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

अफ्रिकाले आफ्नै क्रेडिट रेटिङ एजेन्सी सञ्चालनमा ल्यायो

अफ्रिकाले आफ्नै क्रेडिट रेटिङ एजेन्सी सञ्चालनमा ल्यायो
A A+ A-

काठमाडौं: अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरूले अफ्रिकी मुलुकहरूको आर्थिक अवस्थाको मूल्याङ्कनमा पक्षपात गरेको गुनासो बढिरहेका बेला अफ्रिकाले आफ्नै क्रेडिट रेटिङ एजेन्सी सञ्चालनमा ल्याएको छ। अफ्रिकी सङ्घको समर्थनमा स्थापना भएको अफ्रिका क्रेडिट रेटिङ एजेन्सी (एएफसिआरए) ले अब अफ्रिकी देश, व्यवसाय तथा विभिन्न संस्थाहरूको ऋण तिर्ने क्षमता र वित्तीय अवस्थाको मूल्याङ्कन गर्नेछ।

मरिससमा मुख्यालय रहेको यस एजेन्सीले फिच, मूडीज र एस एन्ड पी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको विकल्प दिने लक्ष्य राखेको छ। अफ्रिकन पियर रिभ्यु मेकानिजमका अनुसार हाल महादेशका २३ वटा देशहरूको परम्परागत रेटिङ संस्थाहरूले मूल्याङ्कन गरेका छैनन्। विश्लेषकहरूका अनुसार अफ्रिकाको ठूलो अनौपचारिक अर्थतन्त्रलाई ती अन्तर्राष्ट्रिय संस्थाहरूले यथेष्ट रूपमा समेट्न सकेका छैनन्।

क्रेडिट रेटिङ कमजोर हुँदा ऋणको ब्याजदरमा प्रत्यक्ष असर पर्ने गरेको छ। सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारबाट लिएको प्रत्येक १०० अमेरिकी डलर ऋणका लागि अफ्रिकाले औसतमा नौ डलर ब्याज खर्च गर्नुपरेको थियो। यो दर एसियाका उदीयमान बजारको ४.७० र ल्याटिन अमेरिकाको ६.५० डलरभन्दा निकै बढी हो। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले अफ्रिकाले वास्तविक आर्थिक अवस्था र सुधारका आधारमा निष्पक्ष मूल्याङ्कन चाहेको बताएको छ।

यद्यपि, एएफसिआरएका लागि लगानीकर्ताको विश्वास जित्नु ठूलो चुनौती रहेको छ। विश्लेषकहरूले एजेन्सीले कति स्वतन्त्र र निष्पक्ष रूपमा कार्य गर्छ भन्ने विषयमा जोड दिएका छन्। केन्याका व्यवस्थापन सल्लाहकार ज्याकब ओरेकीले एजेन्सीको विश्वसनीयता यसको नाममा नभई स्वतन्त्रता र मूल्याङ्कनको शुद्धतामा निर्भर हुने बताउनुभएको छ। एजेन्सीले अफ्रिकी सरकारहरूको रेटिङ घटाउन सक्छ वा सक्दैन भन्ने विषयलाई यसको पहिलो परीक्षणका रूपमा हेरिएको छ।

2