Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

बङ्गलादेशको रूपपुर आणविक संयन्त्रमा आशा र सुरक्षा चासो

बङ्गलादेशको रूपपुर आणविक संयन्त्रमा आशा र सुरक्षा चासो
A A+ A-

पाब्ना: बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसले दीर्घकालीन विद्युत् अभाव अन्त्य गर्ने आशा जगाएको छ। यद्यपि, संयन्त्रनजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा भने आणविक सुरक्षालाई लिएर चिन्ता कायम छ। ढाकाबाट करिब १५० किलोमिटर पश्चिम पद्मा नदी किनारमा अवस्थित १३ अर्ब अमेरिकी डलरको रूपपुर आणविक ऊर्जा संयन्त्र एक दशकभन्दा लामो निर्माणपछि सञ्चालनको चरणमा पुगेको हो।

२.४ गिगावाट क्षमताका दुई रिएक्टर पूर्ण रूपमा सञ्चालनमा आएपछि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको विद्युत् मागको १० प्रतिशतभन्दा बढी आपूर्ति हुने अपेक्षा गरिएको छ। अधिकारीहरूका अनुसार पहिलो रिएक्टर यसै वर्षको अन्त्यसम्म र दोस्रो एक वर्षभित्र सञ्चालनमा आउनेछन्। रुसी राज्य आणविक निगम रोसाटमसँगको सहकार्यमा निर्माण भइरहेको यस परियोजनाले रूपपुरको ग्रामीण अर्थतन्त्रमा समेत प्रभाव पारेको छ।

परियोजनाका अधिकारीहरूले कडा सुरक्षा व्यवस्था अपनाइएको र विगतका आणविक दुर्घटनाबाट सिकिएका पाठहरूलाई समावेश गरिएको बताएका छन्। स्थानीय बासिन्दा मोहम्मद नाफिजले रूपपुर विश्वभर परिचित भएकोमा खुसी व्यक्त गर्दै भविष्यमा इन्जिनियरिङ अध्ययनपछि संयन्त्रमा काम गर्ने इच्छा देखाउनुभयो। अर्का स्थानीय ८० वर्षीय मोहम्मद युनुस अलीले भने घना बस्तीबिच आणविक सुविधा निर्माण गरिएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “म आफ्नो जीवनका लागि डराएको छैन, तर मेरा छोराछोरी र नातिनातिनीको सुरक्षा चाहन्छु।”

सन् १९६० को दशकदेखि अघि बढेको यो योजना सन् २०१५ मा रुससँगको सम्झौतापछि अघि बढेको थियो। परियोजनाको ९० प्रतिशत लागत रुसी ऋणबाट जुटाइएको छ। कोभिड-१९ महामारी र रुस-युक्रेन युद्धका कारण उपकरण आपूर्तिमा समस्या हुँदा निर्माण कार्यमा ढिलाइ भएको थियो। परियोजनामा भ्रष्टाचारका आरोप लागे पनि अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँको परिवारले ती आरोप अस्वीकार गरेका छन्। किसान बेली बेगमले नियमित विद्युत् कटौतीका कारण सिँचाइमा समस्या भइरहेको बताउँदै भन्नुभयो, “हामीले २४ घण्टा नै कुनै अवरोधबिना विद्युत् पाउने आशा गरेकी छु।”

2