Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

बाढी र पहिरो प्रभावित पूर्वाधार पुनर्निर्माणका लागि ६४ अर्ब माग

बाढी र पहिरो प्रभावित पूर्वाधार पुनर्निर्माणका लागि ६४ अर्ब माग
A A+ A-

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ र असोज महिनामा आएको बाढी तथा पहिरोले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणका लागि करिब ६४ अर्ब रुपैयाँ माग गरेको छ। मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग ६३ अर्ब ७९ करोड ३२ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको हो।

असोज १८ गते पेस गरिएको उक्त प्रस्तावमा तत्कालका लागि ३ अर्ब ४२ करोड ३ लाख र मध्यम तथा दीर्घकालीन योजनाका लागि ६० अर्ब ३७ करोड ३२ लाख रुपैयाँ माग गरिएको छ। सडक विभागले सबैभन्दा धेरै ५७ अर्ब ८० करोड ५६ लाख रुपैयाँ माग गरेको छ। यसबाहेक स्थानीय पूर्वाधारका लागि ३ अर्ब ९३ करोड ८० लाख, सहरी विकास तथा भवन निर्माणका लागि ७१ करोड ४० लाख र खानेपानी तथा ढल व्यवस्थापनका लागि १ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ माग गरिएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार मन्त्रालयबाट प्राप्त योजनालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्मा पेस गरिनेछ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने उक्त परिषद्को निर्णयपछि बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइनेछ। सरकारको वित्तीय क्षमता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने महतले बताइन्।

सीमित स्रोतका कारण पुनर्निर्माणका कामलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी कार्यान्वयन गरिनेछ। हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

2