Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

माछापुच्छ्रे बैंक दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट सम्मानित

माछापुच्छ्रे बैंक दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट सम्मानित
A A+ A-

काठमाडौं। माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन र जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

बैंकले इन्फोसिस फिनेकल इन्नोभेसन अवार्ड्स २०२६ अन्तर्गत म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट विधामा प्लाटिनम अवार्ड जितेको हो। बैंकले ग्राहकको खाता खोल्ने प्रक्रियालाई सरल र प्रभावकारी बनाउन सुरु गरेको रिइन्भेन्टिङ कस्टुमर अनबोर्डिङ पहलका लागि उक्त सम्मान प्रदान गरिएको हो। इन्फोसिस फिनेकल इन्नोभेसन अवार्ड्सले प्रविधि र ग्राहक केन्द्रित सेवामा उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई सम्मान गर्दै आएको छ। सन् २०२६ को संस्करणमा विश्वभरबाट आएका ५०० भन्दा बढी आवेदनमध्येबाट बैंक छनोट भएको हो।

त्यसैगरी, बैंकले नयाँ दिल्लीमा आयोजित फोर्थ इमर्जिङ एसिया ब्यांकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा बेस्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट पुरस्कार प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्सद्वारा प्रदान गरिएको यो पुरस्कार कर्जा, सञ्चालन, बजार र तरलता जोखिम व्यवस्थापनमा बैंकले गरेको प्रयासको कदरस्वरूप दिइएको हो। यी सम्मानले बैंकको डिजिटल रूपान्तरण र सुरक्षित बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। माछापुच्छ्रे बैंकले यसअघि पनि भिसा लिडरसिप कन्क्लेभ अवार्ड र विभिन्न इन्फोसिस फिनेकल इन्नोभेसन अवार्डहरू प्राप्त गरिसकेको छ।

2