काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैँ र तिहारलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। असोज २२ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त कार्निभलमा ग्राहकले आफ्नो पुरानो मोटरसाइकललाई नयाँ बजाजका मोडलसँग साट्न सक्नेछन्।
एक्सचेन्ज सुविधाका लागि कार्निभलमा २२ भन्दा बढी मूल्य निर्धारणकर्ताको व्यवस्था गरिएको छ। यसका साथै ग्राहकले नगद छुट, निःशुल्क एसेसरिज र तत्काल फाइनान्स सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कार्यक्रममा मोटरसाइकलको खरिद र एक्सचेन्जका अतिरिक्त ‘शो योर पावर’ लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका छन्।
कम्पनीका अनुसार ‘गेम अफ पावर’ अभियानमार्फत मोटरसाइकल, उत्साह र सहभागितालाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको छ। चाडपर्वको समयमा ग्राहकलाई नयाँ मोटरसाइकलमा अपग्रेड हुन सहज बनाउने उद्देश्यले यस कार्निभलको आयोजना गरिएको हो। इच्छुक ग्राहकले असोज २९ गतेसम्म भृकुटीमण्डपमा पुगेर उपलब्ध सुविधाहरूको जानकारी लिन सक्नेछन्।
