काठमाडौं। एनआईसी एसिया बैंक लिमिटेड र काभ्रेको नगरकोटस्थित होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र होटलका तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकले होटलको आवासीय सेवा तथा खाना र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन्। होटलले सप्ताहान्तका दिनहरूमा (शुक्रबार र शनिबार) डिलक्स कोठाको आवासीय सेवामा ५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट दिने जनाएको छ। हप्ताका अन्य दिनमा भने आवासीय सेवा, खाना र पेय पदार्थ सबैमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।
ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन्। बैंकले यस सहकार्यले ग्राहकलाई सुविधा पुग्नुका साथै मुलुकमा डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
