Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कोरलानाकाबाट ५४३ टन फलफूल आयात

कोरलानाकाबाट ५४३ टन फलफूल आयात
A A+ A-

मुस्ताङ। चीनबाट ११ दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ।

नेपाल–चीन उत्तरी कोरला नाकाबाट उक्त फलफूल आयात भएको हो। कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरला नाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो।

क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो ११ दिनमा कोरला नाका हुँदै स्याउ ८७ दशमलव ३०० टन, आँप १६ दशमलव १०० टन र ड्रागन फ्रुट आठ दशमलव ३१६ टन चिनियाँ फलफूल नेपाल भित्रिएको हो।

भारी वर्षा र हिमपातपछि असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्णरुपमा अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाल भित्रिएका चिनियाँ फलफूलजन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाइ भइरहेको छ।

आयात भएका चिनियाँ फलफूलजन्य मालवस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सड्ने र बिग्रने जोखिम समेत बढेको छ। यसैबीच, मुस्ताङको जोमसोममा बिहीबार एक कन्टेनरमा ढुवानी गरिएको ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको थियो। करिब २४ लाख ५० हजार मूल्य बराबरको ड्रागन फ्रुट समयमै गन्तव्यमा पुर्‍याउन नसकेपछि मुस्ताङको जोमसोममा स्थानीयलाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुवास सुनुवारले जानकारी दिए।

उनले कन्टेनरमा करिब आठ टन चिनियाँ ड्रागन फ्रुट रहेकोमा कुहिनुभन्दा स्थानीयलाई वितरण गरेको जानकारी दिए। योसँगै ड्रागनको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्व गरी अनुमानित ३० लाखको फलफूल क्षति भएको छ।

2