Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

अण्डाको मूल्य बढे पनि लागत उठाउन किसानलाई सकस

अण्डाको मूल्य बढे पनि लागत उठाउन किसानलाई सकस
A A+ A-

काठमाडौं। अण्डाको बजार मूल्यमा केही वृद्धि भए पनि कुखुरापालक किसानले उत्पादन लागत उठाउन कठिनाइ भइरहेको गुनासो गरेका छन्। दाना, औषधि र श्रमिकको ज्याला लगायतका व्यवस्थापन खर्च बढ्दा किसानहरू मारमा परेका हुन्।

रत्ननगर नगरपालिका-१० का किसान अमोद खनालले हाल प्रतिक्रेट अण्डा पाँच सय ६० रुपैयाँमा बिक्री गरिरहेको बताए। तर, आफ्नो लागत उठाउन प्रतिक्रेट पाँच सय ७३ रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ। खनालले विगत १५ वर्षदेखि यो व्यवसायमा सक्रिय रहँदै आएका छन्। खैरहनी नगरपालिका-८ का किसान युवराज पाठकले पनि उपभोक्ताका लागि अण्डा महँगो भए पनि किसानको लागत मूल्य नै बढी रहेको बताए।

नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार एउटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा रहेको छ। मञ्चका कार्यालय प्रमुख शिवप्रसाद बरालका अनुसार हाल नेपालमा दैनिक ३८ लाखदेखि ४० लाख गोटा अण्डा उत्पादन भइरहेको छ, जुन कुनै समय ५५ लाखसम्म पुगेको थियो। चितवनले देशको कुल अण्डा उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले मूल्यमा स्थिरता नहुँदा आम्दानी कायम गर्न कठिन भएको बताए। यता, कृषि, पशुपन्छी तथा वन मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारीले सरकारले पोल्ट्री क्षेत्रको विकासका लागि भन्सार छुट, बिमा सहजीकरण र ऋण प्रवाहमा सहयोग गर्दै आएको जानकारी दिए।

यसैबीच, शुक्रबार चितवनमा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ भन्ने नाराका साथ विश्व अण्डा दिवस मनाइएको छ। सन् १९९६ मा अस्ट्रियाबाट सुरु भएको यो दिवसको अवसरमा संघले विद्यालयहरूमा अण्डाको पोषण र स्वास्थ्य महत्वबारे जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।

2