Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

अण्डाको उत्पादन र खपत बढाउनु पर्नेमा जोड

अण्डाको उत्पादन र खपत बढाउनु पर्नेमा जोड
A A+ A-

चितवन। मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ।

मानव शरीरका लागि अत्यावश्यक पोषण तत्त्व ‘अण्डा’बाट प्राप्त हुने भएकाले यसको उत्पादन बढाएरसँगै खपत पनि बढाउनु पर्नेमा सरोकारवालाहरुले सुझाव छ।

यसै सन्दर्भमा नेपालमा ‘अण्डा’को उत्पादन र खपत बढाउन यहाँ बहस कार्यक्रम आयोजना गरिएको छ। विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघद्वारा शुक्रबार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले निजी क्षेत्र र सरकारी निकायको संयुक्त प्रयासमा ‘अण्डा’ उत्पादन बढाउन र यसको खपत वृद्धि गर्न आवश्यक रहेकामा जोड दिएका छन्।

कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग र साथ दिएमा ‘अण्डा’ उत्पादन बढाउन आफूहरूले सक्ने जानकारी दिए।

उनले भने, “‘अण्डा’ उपभोग बढाउन आफूहरूले गर्ने आग्रहलाई व्यवसायसँग जोड्ने भएकाले सरकारी तवरबाट जे हो त्यस विषयलाई आम जनतासम्म पुर्‍याइदिनुपर्छ। ” उनले ‘अण्डा’ ले लागत अनुसारको मूल्य पाउन थालेपछि किसानहरू पनि आर्कषित हुन थालेको जनाउँदै केही नाफा आएसँगै कृषकको संख्या पनि बढ्ने जानकरी दिए।

अध्यक्ष पोखरेलले भने, “भारतबाट भन्सार छलेर आउने ‘अण्डा’ गत वैशाखदेखि रोकिएपछि किसानहरूले राहत महसुस गरेका छन्। विद्यार्थीहरूको दिवा खाजामा सबै दिन अण्डा खुवाउने व्यवस्था सरकारी तर्फबाट भएमा प्रति अण्डा रु। ५ किसानको तर्फबाट छुट दिन आफूहरू तयार छौँ।”

उनका अनुसार हाल नेपालमा दैनिक ३८ लाख हाराहारी ‘अण्डा’ उत्पादन हुने गरेको छ। देशभरका लेयर्स पाल्न किसानहरूलाई संगठित गरेर कोभिड–१९को महामारी पूर्वको अवस्था जस्तो दैनिक ६५ देखि ७० लाख ‘अण्डा’ उत्पादन गर्ने नीति अनुरूप काम भइरहेको छ।

चार वर्ष अघिसम्म १२० को हाराहारीमा रहेका लेयर्स कुखुरापालक ठूला किसानको संख्या अहिले बढेर १८० पुगेको छ भने ‘अण्डा’ का बजारमा मूल्य प्रति क्यारेट (३० वटा) करिब ६ सयको हाराहारीमा पुगेको छ।

व्यवसायीहरूको प्रति ‘अण्डा’ को लागत मूल्य रु.१९.१२ याँ पर्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिए। चार वर्ष अघि ‘अण्डा’ उत्पादन गर्ने किसान अधिकांश विस्थापित भएर रहेका केही मिलेर संगठित भई बजारीकरण गरेकै कारण आज लागत मूल्य पाउने अवस्थामा आफूहरू पुगेको उनले जानकारी दिए।

नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ ‘अण्डा’ खपत

पोषण विज्ञ डा दिनेश गौतमले अन्य देशको तुलनामा नेपालमा ‘अण्डा’ को खपत निकै कम रहेको तथ्यांक प्रस्तुत गरे। उनका अनुसार विश्वमा प्रतिवर्ष सरदर खपत १८५ वटा छ।

एसियाको तथ्यांक हेर्दा विश्वको तुलनामा दुई वटा बढी अर्थात् १८७ रहेको छ। दक्षिण एसियामा जम्मा ८७ मात्रै छ। यो विश्वको तथ्यांकलाई हेर्दा ९८कम हो।

नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ ‘अण्डा’ खपत हुने गरेको छ। यो विश्वको तथ्यांकलाई हेर्दा ११६ कम हो। भारतमा ११२, श्रीलंकामा १३२, बंगलादेशमा १३७, पाकिस्तानमा ४८ र अफ्रिकामा ४० मात्रै खपत हुने गरेको उनले जानकारी दिए।

सन् २०१५ मा नेपालमा वार्षिक प्रतिव्यक्ति ६० ‘अण्डा’ खपत हुने गरेकामा अहिले बढेर ६९ पुगेको पोषण विज्ञ डा गौतम भनाइ छ। १५ प्रतिशत वृद्धि भएपनि यस अवधिमा जनसंख्या वृद्धि ६ प्रतिशत रहेको उनले बताए। विश्वमा सबैभन्दा बढी चीनमा ‘अण्डा’ उत्पादन हुन्छ भने दोस्रोमा भारत रहेको छ। ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा ‘अण्डा’ उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उनको भनाइ थियो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा.रामानन्द तिवारीले ‘अण्डा’ को उत्पादन मात्रै बढाएर नपुग्ने जनाउँदै खपत बढाउनु पर्नेमा जोड दिए। उनले भने, “सरकारी तवरबाट समेत ‘अण्डा’ को प्रयोग बढाउन प्रचारात्मक काम गरिएको छ। कृषकहरूलाई प्रोत्साहन गर्ने गरी कृषि ऐन जारी गर्न लागिएको छ। यसले किसानका सन्तानलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर, कृषक र परिवारलाई यातायातमा छुट जस्तो विषय समावेश गरिएको छ र कृषि पेशालाई गर्व गर्न योग्य बनाईने छ। ”

‘अण्डा’ प्रोटिनको स्रोत : चिकित्सक

सो अवसरमा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले ‘अण्डा’ प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत भएको बताए। उनले ‘अण्डा’ शरीरलाई आवश्यक पर्ने उच्च गुणस्तरको प्रोटिनको सहज तथा तुलनात्मक रूपमा सुलभ स्रोत भएकाले यसको महत्वबारे सही जानकारी आम नागरिकसम्म पुर्‍याउन आवश्यक रहेको बताए। उनले भने “एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम, जिंक लगायतका विभिन्न पोषक तत्त्व पाइन्छन्।”

एउटा ‘अण्डा’ को पहेँलो भाग समेत खान हुने जनाउँदै उनले दुई वर्ष पुगेपछि बच्चालाई ‘अण्डा’ खुवाउन मिल्ने बताए। उनले भने “अण्डाका परिकार बनाउँदा नै दुई ‘अण्डा’लाई एउटा सम्झेर बनाउनु पर्छ।”

युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले नेपालको ‘अण्डा’ उत्पादन र बजारीकरणमा आफूहरूले सहयोग गर्दै आएको जनाउँदै निजी र सरकारी क्षेत्रको साझेदारीमा मात्रै उत्पादन र खपत बढाउन सकिने बताए।

‘अण्डा’ मा हुने गुणका विषयमा आम नागरिकसम्म पुर्‍याउन उनको जोड थियो। सहभागीहरूले विद्यालयका पाठ्यक्रमहरूमा ‘अण्डा’को महत्त्व समावेश गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने, अण्डाले लागत मूल्य पाउनु पर्ने परिस्थिति सरकारले सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

2