काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ४५ रुपैयाँले घटेर ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ३ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।
