Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कृषियोग्ज जमिनमा सिँचाइ

कृषियोग्ज जमिनमा सिँचाइ
A A+ A-

दाङ। दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टरमा सिँचाइ पुर्याएको छ।

देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालन रहेको उक्त परियोजनाले हाल तीन वटा इन्टेकमार्फत सिँचाइ सेवा पर्याउँदै आएको छ।

सोही परियोजनालाई हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ। आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार २०५५ देखि सुरु भएको यस परियोजनाको पहिलो चरणका निर्माण कार्यहरू कुवेत फण्डअन्तर्गत विसं २०६४ मा सम्पन्न भए तापनि सिञ्चित क्षेत्रको आधुनिकीकरण, विस्तार र बचावटका कार्यहरू भइरहेका छन्।

गएको आर्थिक वर्ष २०८२/०८३ मा आयोजनाअन्तर्गत नहर निर्माण, सिञ्चित क्षेत्र बचावट तथा तटबन्ध निर्माणका कामहरू भएका छन्। यस अवधिमा मौरीघाट शाखा नहरअन्तर्गत ४२२ मिटर बारीकुलो र बाराखुट्टी शाखा नहरअन्तर्गत ३६६ मिटर वीरघाट कुलो निर्माण कार्य सम्पन्न गरिएको छ।

त्यसैगरी, केरोनिया गाउँ क्षेत्रको मानव बस्ती र खेतीयोग्य जमिन जोगाउन ६४४ मिटर तटबन्ध निर्माण गरिएको छ भने लमही नगरपालिका–२ रनियापुर क्षेत्रमा २८८ मिटर तटबन्ध निर्माण सम्पन्न भएको सूचना अधिकारी वलीले बताए।

त्यस्तै, प्रगन्ना सिँचाइ प्रणाली विस्तारतर्फ लमही नगरपालिकाका विभिन्न वडामा पर्ने सतपेरिया क्षेत्रको एक हजार २०८ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने पूर्वतयारीका कार्यहरू पूरा भएका छन्।

गुरुयोजनाअनुसार काम अघि बढ्दै

आयोजना न्तर्गत सिञ्चित क्षेत्र संरक्षण तथा नहर सुधारका लागि आव २०७२÷०७३ देखि गुरुयोजनाअनुसार काम भइरहेको छ। वार्षिक बजेटको अधिनमा रही ठेक्का आह्वान गरेर निर्माण कार्यहरू गरिँदै आइएको छ। प्रगन्नातर्फ सम्झौता गरिएका कूल १८ वटा मुख्य ठेक्काहरूमध्ये १७ वटा ठेक्काहरू पूर्ण रूपमा सम्पन्न भइसकेको आयोजनाका लेखा अधिकृत नवराज वलीले बताए। सम्पन्न भएका ठेक्काअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न चेनेजहरूमा तटबन्ध निर्माण, मौरीघाट, बाराखुट्टी तथा भिप्रिया कुलोहरूको नहर, लाइनिङ, रसिनियापुर, भानपुर र अगैयापुरलगायतका गाउँ बचावटका कार्य रहेका छन्।

त्यस्तै हाल लमही नगरपालिका–२ रसिनियापुर क्षेत्रको सिञ्चित क्षेत्र बचावटका लागि लगाइएको ठेक्काको काम भने जारी छ। करिब ७५ प्रतिशत काम पूरा भइसकेको छ।

प्रयोगशाला निर्माण

आयोजनाअन्तर्गत सञ्चालन हुने निर्माण कार्यहरूको गुणस्तर कायम गर्न विगतदेखि नै आफ्नै प्रयोगशाला स्थापना गरी सञ्चालन गरिँदै आइएको छ। यस प्रयोगशालामार्फत आव २०७८–०७९ देखि ग्याबियन तार, फिल्ड डेन्सिटी तथा कङ्क्रिटका विभिन्न गुणस्तर परीक्षणहरू गर्ने व्यवस्था मिलाइएको छ। प्रयोगशालाको क्षमता अभिवृद्धिका लागि गत आव २०८१/०८२ मा नयाँ भवन निर्माण गर्नुका साथै थप नयाँ उपकरण खरिद गरिएको सूचना अधिकारी वलीले बताए।

यस प्रयोगशालाको स्थापनापछि आयोजनाका निर्माण कार्यका साथै सोही क्षेत्रमा रहेका अन्य निकाय, स्थानीय तहहरू तथा निर्माण व्यवसायीलाई निर्माण सामग्रीको गुणस्तर परीक्षण सेवा प्राप्त गर्न सहज भएको छ।

2