Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

भोगटेनीमा स्ट्रबेरी खेतीले फेरियो किसानको जीवन

भोगटेनीमा स्ट्रबेरी खेतीले फेरियो किसानको जीवन
A A+ A-

काठमाडौं। मोरङको केराबारी-३, भोगटेनीका किसानहरू परम्परागत बाली छोडेर स्ट्रबेरी खेतीतर्फ आकर्षित भएका छन्।

चार वर्षअघिसम्म मकै, कोदो र गहुँ खेतीमा निर्भर यहाँका बासिन्दा अहिले स्ट्रबेरी बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्।

१८ वर्षीया पूजा मगरले चार वर्षअघि गमलामा स्ट्रबेरी रोपेर सुरु गरेको यो खेती अहिले गाउँभरि फैलिएको छ। पूजा भन्नुहुन्छ, सुरुमा छिमेकीले पत्याएका थिएनन्, तर अहिले सबैले आफ्नो जमिनमा स्ट्रबेरी लगाउन थालेका छन्।

मेनोमेन्ट सेन्ट्रल कमिटी नेपाल र ब्रेड फर द वल्र्ड जर्मनीको सहयोगमा पहाडी ग्रामीण विकास संस्था (हर्डन) ले उपलब्ध गराएको सहुलियत कर्जाले पूजालाई खेती विस्तार गर्न मद्दत पुर्‍याएको छ। दुई लाख रुपियाँ ऋण लिएर सुरु गरेको उनको खेती अहिले चार रोपनीमा फैलिएको छ। गत वर्ष उनले तीन रोपनी जग्गाबाट छ लाख रुपियाँको स्ट्रबेरी बिक्री गरिन्।

भोगटेनीमा पशुपालन पनि राम्रो भएकाले गोबरमलको प्रयोगले अर्गानिक स्ट्रबेरी उत्पादनमा सहयोग पुगेको छ। व्यापारीहरूले घरमै पुगेर प्रतिकेजी करिब ४५० रुपियाँमा स्ट्रबेरी खरिद गर्ने गरेका छन्।

पूजाको सफलताबाट प्रभावित भएर मोहन मगर, सुमित्रा राई र बिक्की मगरलगायतका स्थानीय किसानहरू पनि व्यावसायिक खेतीमा लागेका छन्। मोहनले एक रोपनीमा खेती गरी पहिलो वर्षमै एक लाख ३५ हजार रुपियाँ आम्दानी गरेका छन्।

साउनदेखि भदौ अन्तिमसम्म रोपिने स्ट्रबेरी मङ्सिरदेखि उत्पादन हुन थाल्छ। साना दानाहरूबाट घरेलु मदिरासमेत बनाउने गरिएको स्थानीय गङ्गा श्रेष्ठले बताइन्।

केराबारी गाउँपालिकाले किसानहरूलाई मल्चिङ प्लास्टिक र पानी राख्ने ड्रमलगायतका सामग्री सहयोग गर्दै आएको कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बास्तोलाले जानकारी दिए। यतिबेला भोगटेनीलाई धेरैले ‘स्ट्रबेरी गाउँ’ को रूपमा चिन्न थालेका छन्।

2