Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने
A A+ A-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिएका छन् ।

फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त जानकारी दिएका हुन् ।

मन्त्री खनालका अनुसार बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता दुई करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको छ ।

जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागी हुँदा आफूले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एकअर्कासँग जोडिएका जलवायु सङ्कटका पक्ष भएको उल्लेख गर्दै हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यमा जोड दिएको उनले बताए।

आगामी नोभेम्बरमा टर्कीएको अन्टाल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खनालले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

त्यस्तै, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त उपलब्ध गराउन, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन गर्न र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारी विस्तार गर्न उनले जोड दिएका थिए ।

अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको द्विपक्षीय वार्तामा जलवायु सहकार्य, पूर्वसूचना प्रणालीको आधुनिकीकरण, जलवायु अनुकूलित पूर्वाधार निर्माण र प्राविधिक साझेदारी विस्तारका विषयमा छलफल भएको मन्त्री खनालले जानकारी दिए ।

यसैगरी, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँगको भेटमा बाढी तथा डढेलो व्यवस्थापन र विपद्पछिको पुनर्निर्माणमा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको उनले बताए।

2