Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

पोखरा विमानस्थलमा चङ्गा र ड्रोन निषेध

पोखरा विमानस्थलमा चङ्गा र ड्रोन निषेध
A A+ A-

पोखरा । पोखराका दुई विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउने तथा लेजर बत्ती प्रयोग गर्नेले अब कारबाही भोग्नुपर्ने भएको छ । हवाई उडान र अवतरणमा जोखिम बढ्न सक्ने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो पोखरा विमानस्थल आसपास यस्ता गतिविधिमा रोक लगाइएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन उडाउने र लेजर बत्ती प्रयोग गर्दा विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्छ । त्यसैले सर्वसाधारणलाई सचेत गराउँदै निषेधित गतिविधि नगर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

विमानस्थलको सुरक्षामा आकाशमा उडाइने वस्तुबाट मात्रै जोखिम छैन । विमानस्थल आसपास जथाभावी फोहोर फाल्ने र नहरमा मरेका पशुपन्छी बगाउने गतिविधिले पनि हवाई सुरक्षामा खतरा बढाउन सक्छन् ।

यस्ता गतिविधिले चराचुरुङ्गीको चहलपहल बढाउँछन् । उडान र अवतरणका क्रममा चराचुरुङ्गी विमानसँग ठोक्किएमा दुर्घटना हुन सक्ने जोखिम रहन्छ । त्यसैले विमानस्थल आसपास फोहोरमैला र मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न पनि सम्बन्धित निकायले आग्रह गरेको छ ।

विमानस्थल कार्यालयले हवाई सुरक्षामा असर पार्ने गतिविधि रोक्न र आसपासका क्षेत्र स्वच्छ राख्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई सचेत गराएको छ ।

निषेधित गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानस्थल आसपास बसोबास गर्ने र आवतजावत गर्ने सबैले नियम पालना गर्नुपर्ने कार्यालयको जोड छ ।

2