Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

ललितपुरमा एआई साक्षरता पाइलट परियोजना सम्पन्न

ललितपुरमा एआई साक्षरता पाइलट परियोजना सम्पन्न
A A+ A-

काठमाडौं। ललितपुर महानगरपालिका: २ मा सञ्चालित ‘फ्रम एक्सेस टु एजेन्सी: एआई लिटरेसी टु रिड्युस इनइक्वालिटीज इन नेपाल’ शीर्षकको कृत्रिम बौद्धिकता (एआई) साक्षरता पाइलट परियोजना सम्पन्न भएको छ।

क्रबार ललितपुरस्थित शांग्रिला ब्लु होटलमा आयोजित अन्तिम कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, नागरिक समाजका साझेदार र परियोजनामा सहभागीहरूले कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइको समीक्षा गरेका छन्।

समुदायमा आधारित यस पहलको मुख्य उद्देश्य नागरिक तथा स्थानीय सरकारका सरोकारवालालाई एआई प्रविधिको व्यावहारिक, जिम्मेवार र समावेशी प्रयोगबारे सशक्त बनाउनु रहेको थियो।

परियोजनाले सहभागीहरूलाई एआई प्रविधि, यसको प्रयोग, सीमितता तथा यससँग सम्बन्धित नैतिक प्रश्नबारे बुझाइ विकास गर्न सहयोग गरेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले एआई उपकरणले आफ्नो दैनिक काम, सिकाइ र सञ्चारमा पारेको प्रभावबारे अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रममा नीतिनिर्माता, शिक्षक र विकासकर्मीका लागि विभिन्न सिफारिसहरू तयार पारिएको छ। यी सिफारिसले भविष्यमा डिजिटल समावेशीकरण विस्तार गर्न, एआई प्रविधिको प्रयोगका लागि तयारी गर्न तथा स्थानीय तहमा नागरिकको क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

वक्ताहरूले प्रविधिमा पहुँच हुनु मात्र पर्याप्त नभएको भन्दै त्यसलाई आत्मविश्वास र सचेत निर्णय क्षमतासहित प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (एलएसई) को इन्टरनेसनल इनइक्वालिटिज इन्स्टिच्युटका प्रतिनिधिले सामाजिक तथा आर्थिक प्रणालीमा प्रविधिको प्रभाव बढ्दै गएको सन्दर्भमा एआई साक्षरता अपरिहार्य बन्दै गएको बताए। उनले भने, “हामीले मानिस, समावेशीकरण र सार्वजनिक मूल्यलाई केन्द्रमा राखेर डिजिटल रूपान्तरणतर्फ अघि बढ्नुपर्छ।”

‘एट्लान्टिक फेलोसिप फर सोसियल एन्ड इकोनोमिक इक्विटी’को सहयोगमा सञ्चालित यस परियोजनामा ललितपुर महानगरपालिका वडा नं. २, स्थानीय बासिन्दा, पत्रकार र संयुक्त राष्ट्रसंघ स्वयंसेवक (यूएनभी) को सहकार्य रहेको थियो।

परियोजना संयोजक जयराज कुमार रोय दनुवारका अनुसार यो पहलले स्थानीय समुदायमा एआईसम्बन्धी ज्ञान, सीप र जिम्मेवार प्रयोगको अभ्यास विस्तार गर्न सहयोग पुर्‍याएको छ।

2